इजरायल-इरान द्वन्द्व उत्कर्षमा: इरानको क्षेप्यास्त्र बेर्सेबामा, इजरायलको तेहरानमा जवाफी हमला

इनेप्लिज २०८२ असार ६ गते ११:१५ मा प्रकाशित

शुक्रबार बिहान सबेरै दक्षिणी इजरायलको बेर्सेबास्थित एक आवासीय भवनमा इरानी क्षेप्यास्त्र खसेको छ । आक्रमणको कारण भवनमा क्षति पुगेको आकस्मिक सेवाहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार यस हमलापछि पाँच जनालाई सामान्य चोट लागेको र उनीहरूको उपचार गरिएको छ। क्षेप्यास्त्र आवासीय क्षेत्र नजिकको सडकमा खसेको थियो, जसले ठूलो खाल्डो बनाएको र धेरै सवारी साधनहरूमा आगलागी भएको थियो। एबिसीन्यूजले जनाए अनुसार अग्निनियन्त्रकहरूले आगो निभाउन तुरुन्तै काम गरेका थिए

यसैबीच, इजरायल रक्षा बलले शुक्रबार राति तेहरानमा धेरै हमलाहरू गरेको जनाएको छ।

आइडिएफले क्षेप्यास्त्र उत्पादन केन्द्रहरू र इरानको आणविक अनुसन्धान कार्यक्रमको मुख्यालयलाई निशाना बनाएको छ। इजरायली सेनाले यस हमलामा ६० भन्दा बढी लडाकु विमानहरू संलग्न रहेको र उनीहरूले इरानको रक्षा मन्त्रालयको औद्योगिक केन्द्रको रूपमा प्रयोग गरिएका क्षेप्यास्त्र उत्पादनका औद्योगिक स्थलहरूमा हमला गरेको बताएको छ।

प्रतिक्रिया