इजरायली रक्षामन्त्रीको हेजबुल्लाहलाई चेतावनी: ‘सावधान रहनु’

इनेप्लिज २०८२ असार ६ गते १०:५८ मा प्रकाशित

इजरायली रक्षामन्त्री इजरायल काट्जले इरान-समर्थित आतङ्कवादी समूह हेजबुल्लाहलाई इजरायल र इरानबीचको द्वन्द्वमा सामेल नहुन चेतावनी दिएका छन्।

काट्जले एक्समा लेखेका छन्, “हेजबुल्लाहका महासचिवले आफ्ना पूर्ववर्तीहरूबाट पाठ सिकिरहेका छैनन् र इरानी तानाशाहको आदेशअनुसार इजरायलविरुद्ध कारबाही गर्ने धम्की दिइरहेका छन्।”

उनले थपे, “म लेबनानी प्रतिनीधि अर्थात् कसैको नियन्त्रण वा प्रभावमा रहेर काम गर्ने समूहलाई सावधान रहन र इजरायलले यसलाई धम्की दिने आतङ्कवादीहरूपँग धैर्य गुमाइसकेको छ भन्ने कुरा बुझ्न सुझाव दिन्छु।”

काट्जले स्पष्ट पारे: “यदि आतङ्कवाद रह्यो भने, हेजबुल्लाह रहनेछैन।”

यो चेतावनी इजरायल र इरानबीचको बढ्दो तनावका बीच आएको हो, जहाँ हालै दुई देशबीच प्रत्यक्ष सैन्य आक्रमणहरू भएका छन्।

इजरायलले इरानको आणविक र प्राक्षेपिक क्षेप्यास्त्रकार्यक्रमहरूलाई निशाना बनाउँदै हवाई हमला गरेको छ, जसको जवाफमा इरानले इजरायलमा क्षेप्यात्र क्षेप्यास्त्र आक्रमण गरेको छ।

प्रतिक्रिया