अमेरिकी अदालतको आदेश: लस एन्जलसमा राष्ट्रिय सुरक्षा बल तैनाथ गर्ने ट्रम्पको अधिकार वैध ठहर ,तैनाथीको आदेश कायमै

इनेप्लिज २०८२ असार ६ गते १०:४३ मा प्रकाशित

एक संघीय पुनरावेदन अदालतले बिहीबार राष्ट्रपति ट्रम्पलाई क्यालिफोर्नियाको राष्ट्रिय सुरक्षा बल(नेसनल गार्ड)(को नियन्त्रण गभर्नर ग्याभिन न्यूजमलाई फिर्ता गर्न निर्देशन दिने न्यायाधीशको आदेशमा रोक लगाएको छ।

अमेरिकी पुनरावेदन अदालतको नवौं क्षेत्रीय अदालत(सर्किट)को तीन-न्यायाधीशहरूको इजलासबाट आएको यो सर्वसम्मत आदेश राष्ट्रपति ट्रम्पका लागि एक जीत हो । यसले लस एन्जलसमा लगभग ४,००० राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड )सैनिकहरूको निरन्तर तैनाथीलाई अनुमति दिएको छ ।

आदेश अनुसार उनीहरूले संघीय सम्पत्ति र अमेरिकी अध्यागमन गुप्तचरहरूलाई प्रवर्तन कार्यहरूमा सुरक्षा दिइरहेका छन्।

राष्ट्रपति ट्रम्पले यस महिनाको सुरुमा लस एन्जलसभर गरिएका अध्यागमन छापाविरुद्धको प्रदर्शनको प्रतिक्रियामा सुरक्षाकर्मी (गार्ड)लाई संघीय सेवामा बोलाउनका लागि ‘शीर्षक १०’ नामक कानून प्रयोग गरेका थिए। त्यसबेलादेखि, लस एन्जलसमा कुल लगभग ४,१०० राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड )सैनिक र ७०० सक्रिय-कर्तब्यमा रहेका (ड्यूटी )अमेरिकी नौसेनाहरू तैनाथ गरिएका छन्।

डेमोक्रेट गभर्नर न्यूजमले क्यालिफोर्नियाको सबैभन्दा ठूलो शहरमा सैनिकहरूको प्रयोगमा आपत्ति जनाएका थिए र क्यालिफोर्निया सुरक्षाकर्मीलाई संघीयकरण गर्ने आफ्नो निर्णयमा राष्ट्रपतिको विरुद्ध मुद्दा हालेका थिए। संघीय न्यायाधीश, अमेरिकी जिल्ला न्यायाधीश चार्ल्स ब्रेयरले गत हप्ता ट्रम्पको कार्य अवैध र उनको अधिकारको सीमाभन्दा बाहिरको निष्कर्ष निकालेका थिए।

न्यायाधीशले प्रशासनलाई लस एन्जलसमा क्यालिफोर्निया राष्ट्रिय सुरक्षाबलका सदस्यहरू तैनाथ गर्नबाट रोकेका थिए । र , राष्ट्रपतिलाई सैनिकहरूको नियन्त्रण न्यूजमलाई फिर्ता गर्न निर्देशन दिएका थिए।

ट्रम्प प्रशासनले द्रुत रूपमा निर्णयको विरुद्ध पुनरावेदन गर्यो र नवौं अदालतबाट ब्रेयरको आदेशमा अस्थायी रोक लगाउन सफल भयो। न्याय विभागको अनुरोधमा न्यायाधीशको निर्णयलाई मुद्दा चलिरहेको बेला रोक्न मंगलबार सुनुवाइ भयो।

नवौं क्षेत्रीय अदालतका न्यायाधीशहरूले बिहीबार ट्रम्पको पक्षमा फैसला गरेको सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया