इरानमा शासन परिवर्तन अस्वीकार्य: क्रेमलिनको कडा चेतावनी

इनेप्लिज २०८२ असार ६ गते १०:२२ मा प्रकाशित

क्रेमलिनका प्रवक्ता डिमीट्री पेस्कोभले शुक्रबार बिहान जारी गरिएको स्काई न्यूजसँगको एक अन्तर्वार्तामा इरानमा शासन परिवर्तन “अस्वीकार्य” हुने र देशका सर्वोच्च नेताको हत्याले “पान्दोराको बाकस खोल्ने” बताएका छन्। अर्थात् उनले यस्तो कार्यले धेरै समस्या, कठिनाइ र दुर्भाग्यहरू निम्त्याउने औल्याए ।

इजरायलले अमेरिकी सहयोगमा इरानका अयातोल्लाह अली खामेनीको हत्या गरेमा रुसको कस्तो प्रतिक्रिया हुनेछ भन्ने प्रश्नमा पेस्कोभले स्काई न्यूजका इभोर बेनेटलाई भने: “धेरै नकारात्मक, हामी यसलाई कडा रूपमा अस्वीकार गर्नेछौं।”

यसले इरानभित्रबाटै कारबाहीलाई निम्त्याउनेछ। यसले इरानमा चरमपन्थी भावनाहरूको जन्म दिनेछ र खामेनीको हत्याको बारेमा कुरा गर्नेहरूले यो कुरा मनमा राख्नुपर्छ, उनले भने ।

पेस्कोभले इरानमा शासन परिवर्तन अकल्पनीय भएको स्काई न्यूजलाई बताए । यो अस्वीकार्य हुनुपर्छ, यसको बारेमा कुरा गर्नु पनि सबैका लागि अस्वीकार्य हुनुपर्छ,उनले थपे ।

यी टिप्पणीहरू मध्यपूर्वमा रुसको एक प्रमुख सहयोगी इरान र इजरायलबीचको द्वन्द्वबारे क्रेमलिनको अहिलेसम्मकै सबैभन्दा कडा भनाइ मानिएको छ।

प्रतिक्रिया