उन्नतिको पराकाष्ठामा पुुगेपछि मानिसले जस्तै मुलुकले पनि सम्मान र मान्यता (रिकग्नीशन) खोज्दोरहेछ । जापानका प्रधानमन्त्री जुुनिचिरो कोइजुमीलाई पनि आफ्नो मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नुछ । राष्ट्रसंघको ५९ औ महाधिवेशनमा उनको एउटै एजेण्डा जापानलाई सुुरक्षा परिषद्को स्थायी सदस्यका रुपमा स्थापित गर्नु रहेकोछ । यसका लागि उनले सहस्राव्दी सम्मेलनमै प्रस्तुत गरेको ‘नयाँ शताव्दीमा नयाँ राष्ट्रसंघ’ भन्ने प्रस्तावलाई नै पुनः उठाएका छन् ।
राष्ट्रसंघ स्थापना गर्दा विजेता (एलाई) शक्तिले पराजित शक्तिलाई स्थायी सदस्य बनाएका थिएनन् । जापान, जर्मनी र इटालीजस्ता शक्तिलाई सँधै परास्त गर्नु भीटो व्यवस्थाको भित्री आशय थियो । यस विषयमा विजयी शक्ति अमेरिका, बेलायत, फ्रान्स, रुस र उनीहरुलाई साथ दिने चीनको कुुरा मिलेको थियो । कोइजुमीको तर्क छ पराजित शक्तिलाई संधै पराजित शक्तिका रुपमा हेर्नु हुुँदैन । राष्ट्रसंघको भविष्यका लागि पनि यो हितकर छैन । यसका पछि अरु तर्क पनि छन्– जापानले राष्ट्रसंघलाई लगातार सबैभन्दा बढी (१६%) सहयोग गरिरहेको छ, जापानको आर्थिक उत्पादनको अनुुपात अमेरिका सरह छ, जापानले एशिया, अफ्रिकी तथा ल्याटिन अमेरिकीको जनताको प्रगतिका लागि लगातार उल्लेख्य सहयोग गर्दै आएको छ । यो कुरालाई कोइजुमीले नभने पनि बाँकी विश्वले स्वतः बुुझ्नुु पर्ने हो ।
चलाख कोइजुमीले भारत, जर्मनी, ब्राजिलको सहयोगका लागि एक अर्काको प्रस्तावलाई सहयोग (रेसिप्रोसियट) गर्ने नीति लिएका छन् तर जापानको प्रस्तावलाई चीनले,जर्मनीकोलाई इटालीले, भारतकोलाई पाकिस्तानले ‘रेडिमेड विरोध’ गर्दैछन् । अबको विश्वमा पराजित शक्तिबाट विजयी शक्ति एवं बाँकी विश्वलाई कति खतरा छ, त्यसको मूल्यांकन गरेर राष्ट्र संघको पुुनर्संरचना गरिनुु पर्छ । पराजित शक्ति एकजुुट भए भने विजयी शक्तिको केही लाग्ने छैन तर आर्थिक प्रगतिको मादमा यी शक्तिहरुमा दोस्रो विश्वयुुद्धताकाको प्रवृत्ति भने अलिकति पनि उम्रन दिनुु हुुँदैन । जापान र जर्मनीले अल्पविकसित देशलाई दिएको सहयोग हेर्दा त्यस्तो सम्भावना पनि फिलहालमा देखिएला जस्तो छैन तर शक्तिको नशा हुुत्त उम्लन के वेर भनेर अमेरिकी नेतृत्वले दोहोरो सुुरक्षित रणनीति पहिले नै लिएको छ । जर्मनी लगायतका युुरोपीय शक्तिलाई यूरोपका सबै मुुलुुक यूूरोपीय संघमा आवद्ध गराउने, भारतलाई पाकिस्तानबाट ठीक पार्ने र जापानलाई चीन र कोरियावाट वेला वेलामा वाक युद्धमा उतार्ने तर आपूmचाहिँ जेनेटिक्स विज्ञान र शून्य गुरुत्वको अनुुसन्धानमा लाग्ने रणनीति अमेरिकाको छ । त्यसैले अमेरिकी रणनीतिक चाल यस शताब्दीमा लामो समयसम्म सफल भै नै रहनेछ ।
आज बिदा भएकोले भीष्मराज पौडेलले लञ्चको समयमा बोलाएका छन् । नचिनेको, नसुुनेको नेपाली जो जापानमा स्थापितरुपमा व्यवसाय गर्दैछ भन्ने अनुुमानका आधारमा मेरो पनि उनीप्रति दृष्टिकोण बनेको हो । उनी पनि मसँग भेट्न आतुुर रहेछन् । म एक बज्न १५ मिनेट अघि नै नागासाकिया कम्प्लेक्स अगिल्तिर उभिसकेको छु । सयौं मानिसका हुलमा अपरिचित व्यक्तिहरु एक अर्काको प्रतिक्षामा रहँदा कसले कसलाई चिन्ने, कसरी ठम्याउने ? मनमा कौतुुहल पनि छ । तर उनले फोनमा चिनिहालिन्छ नि भन्ने सहज जवाफ दिएका थिए ।
ठीक एक बजे सोगोतिरबाट एउटा मोटो मोटो मानिस हातमा चियाको क्यान लिदैं मतिर आउदै छ । सोचे–त्यो नेपाली हुनुपर्छ, उसको जिउडाल खाइलाग्दो नेपालीको जस्तो छ । उसका आँखाले पनि कसैलाई खोजेकोले पनि त्यो नेपालीनै हुनुपर्छ र त्यो मेरो अपरिचित साथी भीष्म त्यैनै हुनुपर्छ ।
अनुमान ठीक ठहरियो–एक अर्काले एकै समय अनायास नमस्कार भन्न पुुगेछौं । उनले कुराकानीको पहिलो सन्दर्भ शुरु गरे ‘डेढ दुुई घण्टा फुुर्सद भए दुुई स्टप पर हिनो शहरतिर गएर नेपाली खाना खाँदै गफ गरौं ।’ मैले सहमतिको मुण्टो हल्लाए । त्यसपछि जे.आर.हाचिओजीबाट क्योेयोलाइन हुुँदै हिनो पुुग्यौं ।
सानो जापानी शहर, एउटा कुुनामा दुई वटा नेपाली भोजनालय । भीड रहेछ भाई हामी अन्यत्र जाउँ भन्ने आग्रह भीष्मजीले गरे तर होटेलको भाइले दिएन । नेपाली खाना जापानीहरु पनि मन पराउँदा रहेछन् । त्यसैले भीड भएको हो । नत्र हिनोमा हामी जस्तो धाएर खान जाने मानिस को पो छ र ? पर शिञ्जुुकुु, टोकियो जतासुुकै नेपाली र भारतीय भोजनालय छन् रे ! विदेशमा बसेर नेपालको माया गर्ने भीष्मजी जस्ता केही व्यक्तिहरुको खाँचो महसुुस गर्न पुगें । एघार वर्षदेखि एक्लै जापानको अनकण्टार शहरमा बसेर तीन सय नेपाली तथा जापानीलाई काम दिन उनको समूह सफल भएको छ ।
जापानीहरु सा¥है व्यस्त हुने भएकाले कामपछि यसो उभिएर चुुस्की साथ थकाइ हलुुका गर्ने सूत्र रहेछ भीष्मजीको ‘आयरिस पव’ मा । यसको शाखा नै २१ वटा भैसकेछ । मैले उनलाई आफुले कमाए जति नेपालमा नै पठाउने सल्लाह दिएँ । उनले नेपालको ‘रेमिटान्स इकोनोमी’ लाई सघाएको र अरु यस्ता थुप्रै योजना एक पछि अर्को बताउदै गए तर शान्ति नभएकाले उनको योजना लागू गर्न सकिन भन्ने उनलाई पीर रहेछ । योजना कार्यरुप दिनुस्, एकाध वर्षमा पक्कै शान्ति आउला भन्दै संम्झाए । एउटा नेपाली, त्यसमा पनि अपरिचित नेपालीको आतिथ्य खाएर म खुसी छु । उनी जापानका कतिपय राम्रा व्यवस्थाका विषयमा बताउदै छन् । केही नेपालीलाई रोजगारी दिने मेरो सल्लाह उनलाई घत लागेको छ । यसबाट काम, सहयोग, सेवा सबै हुने, त्यति मात्र होइन काम र अवसर बिना विद्रोहमा लागेका युवाशक्तिलाई पनि केही हदमा भए पनि भविष्य निर्माणतर्फ लगाउन सकिने ।
भोजनालयको लामो गफपछि मैले भोजनालयका कर्मचारीसँग परिचय मागे । एउटा विद्यार्थी वाग्लुङको, अर्की महिला पर्वत कुस्माकी र भोजनालय कीर्तिपुरका अधवैशे दाइको । म फेरि आउँला भनेर अभिवादनसहित विदा भएँ । केहिपछि रेलको यात्रापछि भीष्मजी र म पनि छुट्टिने बेला भयो । उनले भने ‘कुनै पनि दिन दिक्क लागेमा मलाई फोन गर्नुहोला, म सधै तपाईको निराश टार्न तयार छु ।’ हुन्छ तर धेरै दुःख दिन्न भनेर विदा भएँ ।
मनमनै तर्क वितर्क गर्दै नागाशाकियाबाट हाचिओजिीतर्फको उकालो चढ्दै थिएँ—म जस्तै एक्लो यात्रामा आतुर रहमान झर्दै रहेछ । एक क्षणको कुराकानीपछि छुट्टियौं । जाइका सेन्टरमा आएपछि थाहा पाएँ—चीनमा पुगेका दुई नेपाली युवक लागू पदार्थ कारोवारको अभियोगमा मृत्युदण्डको नजिकमा रहेछन् । म पुनः भाव विव्हल भएँ । ती दुबै युवक म जस्तै जवान छन् । दुबैका श्रीमती पनि मेरी श्रीमती कमलाकै उमेरका छन् । एकका बच्चा मेरो सुब्रत जत्रै छ र उनीहरु म जस्तै श्रीमती र बच्चाको सुखका लागि चीन पुगेका होलान् । अपराध गरे—नगरेको मलाई थाहा भएन तर यी युवाको आँखाले भविष्य खोज्दैथ्यो होला, उनीहरु सुखद भविश्यको खोजीमा देश, परिवार र मायाबाट पृथक यात्रामा थिए होलान् । साबुनको फिँजजस्तै दुबै फोका फ्यास्स फुट्ने भए । मर्ने मरेर गएपछि बाँच्ने कसरी बाँच्लान् ? नेपालले किन कुटनैतिक तहबाट सुपुर्दगी मागेर नेपाल मै कारबाही चलाउन सकेन ? नेपालीहरु देशभित्र—बाहिर, आफुबाट–परायाबाट जतासुकै मारिदै रहे !
(नियात्रासङ्ग्रह आँखभरि रमिता मनभरि बेदनाबाट)
प्रतिक्रिया