फ्रान्समा बालकविता क्यालेण्डर लोकार्पित:

सुरेन उप्रेती २०८२ असार ४ गते ४:०१ मा प्रकाशित

फ्रान्स यूरोपकै सांस्कृतिक धरोहरका रूपमा पहिचान बोकेको देश हो । बिश्वका धेरै देशहरूलाई फ्रान्सको राजनैतिक चेतनाले सचेत गराएको छ ।यहाँको औधोगिक क्रान्तिको प्रभाव बिभिन्न देशहरूमा परेकोछ ।फ्रान्सले आफ्ना मौलिका कलासंस्कृति भाषालाई फ्रान्समाभात्र नभएर बिश्वका बिभिन्न देशहरूमा फ्रेन्चभाषालाई रोपेको छ । सन्सारका थुप्रै देशहरूले फ्रेन्चलाई मातृभाषाकै रूपमा अंगीकार गरेका छन् । फ्रान्सले पेरिसमा रहेको सन्सारकै प्रशिद्ध आइफलटावर जस्तै आफ्ना संस्कृति र सभ्यतालाई उच्च बनाएर जोगाई राखेकोछ । फ्रान्स आफ्नो भाषा र संस्कृति सिक्न अभिरूची राख्नेहरूलाई सिकाउन तनमन र धनले तत्पर भएको पाइन्छ ।

बिज्ञान र प्रविधिको बिकाशसँगै आज सन्सार नै एउटा गाउँ जस्तो बनेको छ । आज फ्रान्समा पनि धेरै देशहरूबाट मानिसहरू बसाईँसर्दै फ्रान्सनिवासी बनेका छन् । नेपालमा भएको १९९०को परिवर्तनसँगै नेपालीहरू बिभिन्न देशहरूमा पुगेका छन् । यसै क्रममा फ्रान्समा बस्ने नेपालीहरूको संख्या पनि उल्लेखनिय छ । फ्रान्समा थुप्रै नेपालीहरू र नेपाली भाषीहरूको बसोवास रहेको छ । आफ्नो पहिचानलाई जोगाइ राख्न त्यहाँका नेपालीहरूले बिबिध कार्यक्रमहरू सन्चालन गर्दै आएका छन्।

नेपाल र फ्रान्सको दौंत्यसम्बन्ध स्थापना भएको पनि ७६ बर्ष भै सकेको छ । नेपालीहरू बिदेशिनेक्रममा अमेरिका पुगेका नेपालीहरूले १९९१ तर एउटा साहित्यिक संस्था खोलेका थिए । त्यसको अगुवाइ होमनाथ सुवेदीले गर्नु भएको थियो । त्यो संस्था हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज । स्थापनाको करिव ३४ बर्ष पुग्दा सन्सारका बिभिन्न देशहरूमा पुग्न सफलभएको अनेसासले यही २०२५मा अनेसास फ्रान्स च्याप्टर स्थापना गर्न सफल भयो । जुन केही महिनाको बामेदुधेवालक जस्तोमात्र भए पनि गोकुलमा जन्मिएको कृष्ण जस्तो भएर काम गर्दैछ ।भर्खरैमात्र फ्रान्समा रहेका बालबालिकाहरूलाई कविता लेख्न लगाई बालकविता क्यालेण्डर बनायो । पेरिसमा लागेको बिसौँ नेपाली मेलामा उक्त क्यालेण्डरलाई फ्रान्सका लागि नेपाली राजदूत महामहिम सुधिर भट्टराईले लोकार्पण गर्नु भयो ।

अनेसासको बालसमिति स्थापना भए पछी प्रवासमा रहेका नेपाली बाल वालिकाहरूलाई कविता वाचन गराइ नेपाली कविता क्यालेण्डर निकाल्ने अभियान थालेको छ । यसै अभियान अन्तर्गत अमेरिका क्यानडाअष्ट्रेलिया अफ्रिका कतार बेल्जियम पोर्चुगल र डेनमार्कको कविता क्यालेन्डर २०८२ प्रकाशित भै सकेको छ । यसमा फ्रान्सको नयाँ च्याप्टरले कविता क्यालेण्डर प्रकाशन र वितरण गरेर अभियानलाई अझ उचाइमा पुर्याउन पहल गरेको छ । अनेसास फ्रान्स च्याप्टर द्वारा प्रकाशित अनेसास फ्रान्स च्याप्टरले नयाँ बर्ष २०८२ सालको बाल कविता क्यालेण्डर प्रकाशित गरेको छ । फ्रान्समा पहिलो पटक नेपाली क्यालेन्डर प्रकाशित भएकोमा राजदूत भट्टराईले खुसि ब्यक्त गर्नु भयो । प्रवासमा रहेर पनि आफ्नो भाषा ,साहित्य ,संस्कृति र परम्पराको जगेर्ना गर्ने काममा अनेसास फ्रान्सले गरेको कामको मुक्तकण्ठले प्रसंशा गर्नु पर्छ भन्नु भयो । नेपालीहरूको दोश्रो र तेश्रो पुस्तालाई नेपाली साहित्यमा रुचि बढोस् भनेर बाल कविता क्यालेण्डरलाई निकाल्नु निक्कै सराहनीय कार्य भएको विचार ब्यक्त गर्नु भयो । जुन ७ र ८ तारिखमा फ्रान्सको राजधानी पेरिसमा भब्यरूपमा भएको २० औँ नेपाली मेलाको आयोजना भएको थियो । यसै सन्दर्भमा उक्त मेलामा अनेसास फ्रान्स च्याप्टरले नेपाली भाषाका पुस्तकहरुको स्टल राखेको थियो । स्टलमा विविध विधाका नेपाली पुस्तकहरु पनि उपलब्ध गराएको थियो । जसले गर्दा फ्रान्सवासी नेपालीहरुमा पठन संस्कृति अभिबृदी हुने बिश्वास राखेको सँस्थाका प्रमुख सल्लाहकारको राय थियो । दुई दिन सम्म चलेको मेलामा २००० भन्दा बढी नेपाल प्रेमी फ्रान्सेली ,बर्मेली ,भुटानी ,टिबेटियन तथा नेपालीसमुदायको उपस्थिति रहेको थियो । अनेसास फ्रान्स च्याप्टरले क्यालेन्डर प्रकाशनका लागि उल्लेखनीय योगदान गर्नु हुने बरिस्ठ उपाधक्ष्य सुमित्रा बुर्लाकोटी,कार्यसमिति सदस्य सन्ध्या शर्मा अनि प्रमुख सल्लाहकार भाषाविद राम पाण्डेज्यूलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ । दुई दिन सम्म चलेको उक्त मेलामा संस्थाको तर्फबाट आफ्नो अमुल्य समय दिनु हुने सुधाम्शु खनाल, भिम प्रसाद रिमाल ,ओम गौचनलाई हृदय देखि नै धन्यबाद व्यक्त गर्दछु भन्दै अनेसास फ्रान्स च्याप्टरका अध्यक्ष प्रसान्त उप्रेतीले भन्नुभयो । यसरी नेपाली भाषा र साहित्यलाई अनेसास बालसमितिले सन्सारभरी छरिएर रहेका नेपालीहरूका घरघरमा अनेसासलाई प्रवेश गराएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउन अभियान शरू गरेको छ ।

सुरेन उप्रेती

साहित्यकार/कवि

प्रतिक्रिया