संवत् २०८१ सालमा प्रकाशित खगराज बरालको “प्रतिरूप” उपन्यास अध्ययन गर्ने अवसर मिल्यो ।योअवसर पोखरामा आयोजित “प्रतिरूप” उपन्यासको परिचर्चा कार्यक्रमले जुरायो । उपन्यासको परिचर्चामासमीक्षकले उठाएका विषयवस्तुले पुस्तक प्राप्त भएपछि पुस्तक पढ्ने हुटहुटीलाई रोक्न सकिनँ । फुर्सद हुनेबित्तिकै उपन्यासका पानामा आँखा दौडाइहालेँ । बेलुकी अबेलासम्म र बिहानी तीनबजे नै उठेर उपन्यास पढ्नेजाँगर देख्दा म आफैँ पनि अचम्मित भएकी थिएँ । दुई दिनमा नै उपन्यास पढिसकेँ ।उपन्यासको कथावस्तु;त्यसमाथि नारीका पीडा समेटिएको विषयवस्तुले मेरो मन तानिरह्ये ।
सरल भाषाशैलीका साथ २३८ पृष्ठमा लिपिबद्ध भएको “प्रतिरूप” उपन्यासले नेपाल तथा भारतमारहेका विभिन्न भौगोलिक विशेषता र सामाजिक रीतिरिवाज र संस्कारलाई झल्काउने प्रयास गरेको छ ।उपन्यासको शीर्षक र विषयवस्तु प्रेम प्रसङ्गकै सेरोफेरोमा रहेता पनि हाम्रो देशको तराई क्षेत्रमा रहेकोपठनपाठनको अवस्था पनि अप्रत्यक्ष रूपमा उल्लेख भएको छ ।लेखक विद्यालय निरीक्षक पदबाट सरकारी सेवाप्रारम्भ गरेका हुनाले पनि होला, उनले उपन्यासमा सार्वजनिक विद्यालयका समस्यालाई उपन्यासमा स्थानदिएको हुनुपर्छ ।
किन सार्वजनिक विद्यालयहरूमा समुदायको चासो देखिदैँन ? किन सामुदायिक विद्यालयमा शैक्षिकगुणस्तर र सिकाइ उपलब्धिमा बढोत्तरी हुन सकिरहेको छैन ? यसमा प्रमुख कारक तत्त्वहरू के के रहेका छन् ?यस्ता जिज्ञासाहरूको घुमाउँरो किसिमको जवाफ उपन्यास पढ्दा प्राप्त हुन्छ । उपन्यास पढ्दै जाँदा के प्रष्ट हुन्छभने उपन्यासकार शिक्षा नीति निर्माणमा लामो अनुभव संगालेका व्यक्तित्व हुन् भन्ने कुरा अनुमान गर्न कठिनहुँदैन । लेखकले आफ्नो उपन्यासमा विद्यालय शिक्षाले किन गति लिन सकिरहेको छैन भन्ने विषयलाई उजागरगरेको देखिन्छ ।
लेखकको जन्मथलो कास्की जिल्ला भएका कारणले होला उपन्यासमा विशेषगरी कास्की, स्याङ्जा,पर्वतका भौगोलिक स्थानहरूले समेत स्थान पाएका छन् । त्यसो त उपन्यासमा रूपन्देही, उदयपुर, सिरहा,झापा जस्ता जिल्लाको पनि चर्चा छ । लेखकले नेपालका पहाड तथा तराईका भौगोलिक क्षेत्रका ठाँउहरूलाई उपन्यासमा समेटिएको देखिन्छ ।
यस उपन्यासमा व्यक्तिको आर्थिक तथा सामाजिक अवस्थाले उसको पठनपाठनमा पार्न सक्ने प्रभावलाईसमेत केलाउन खोजिरहेको छ । व्यक्तिले आफ्नो जीवनको लक्ष्य त राखेको हुन्छ तर ती लक्ष्य हासिल गर्नकालागि आर्थिक अवस्थाले पार्ने प्रभावलाई मर्मस्पर्शी भावलाई समेत उपन्यासमा लेखकले समेटेको देखिन्छ ।उपन्यासमा छिमेकी राष्ट्र भारतमा गई रोजगारी र व्यवसायबाट आर्थिक आर्जन गरी दैनिक गुजारागर्नुपर्ने अवस्थालाई समेत देखाइएको छ ।नेपालीहरू जीवनयापनका लागि विशेषगरी भारतमा जाने परम्परानिकै लामो छ ।केही नेपाली भारतीय सेनामा भर्ती हुने प्रचलन थियो, अधिकांश भारतका विभिन्न राज्यका दरबानका रूपमा काम गर्ने तथा कोइलाखानीलगायत विभिन्न काममा मजदुरी गाईपालन जस्ता व्यवसायमासंलग्न थिए । भारतको कालापानी, देहरादून, सिक्किम, दार्जीलिङ, मेघालय, मिजोरम, मणिपुर, त्रिपुरा, असमतथा पञ्जाबलगायतका विभिन्न स्थानमा मजदुरी गर्न जान्थे । यसै प्रसङ्गमा भारतको मेघालयका कोइलाखानीमा मजदुरी गर्ने नेपालीको कथा यस उपन्यासमा पाइन्छ ।
यस उपन्यासले पात्रहरूको सामाजिक, आर्थिक, भौगोलिक सांस्कृतिक अवस्था समेट्ने प्रयास गरेकोदेखिएता पनि उपन्यासको कथामा विभिन्न घटनाका शृङ्खलाहरूले कौतुहलता र रोचक बन्दै गएको छ रअन्त्यमा रहस्य उद्घाटन गरेर बिट मार्न पुगेको छ ।साच्चिकै यहाँ जन्मन्छु भनेर कोही पनि व्यक्ति जन्मेको हुँदैन । त्यो त व्यक्तिलाई आफ्नो आमाबुवालेजन्माउने हो, त्यसपछि मात्र ऊ यो पृथ्वीमा अवतरण हुने हो ।
व्यक्तिले आफू जन्मनका लागि कुनै जबरजस्तीगरेको पनि हुँदैन ।जब व्यक्ति यस पृथ्वीमा एक बाबु र एक आमाको माध्यमबाट मनुष्यको शरीर धारण गरीपदार्पण गर्दछ तब उसमा सुख दु.खका आरोह अवरोहहरू सुरु हुने गर्दछन् । हाम्रो सामाजिक परम्पराअनुसारवैध रूपमा तथा वैवाहिक बन्धनमा बाँधिएपश्चात जन्मेको बच्चाले भन्दा नियमकानुनले मान्यता नदिएकाबाबु आमाबाट जन्मिएका बच्चाले जन्मको सुरुवाती चरणदेखि नै अनेक दु:ख कष्ठको सामना गर्नु परेको अवस्थायस उपन्यासमा झल्किन्छ ।
आफूले जन्म दिएको सन्तानको जन्मदर्ता प्रमाणपत्र तथा नागरिकता प्राप्ति र समाजका दुष्टहरूकाआँखाबाट बच्नका लागि एक जना महिलाले कति जनासँग विवाह गर्नुपर्ने बाध्यता आइलाग्ने रहेछ भन्ने दृष्टान्तउपन्यासमा पाइन्छ।
मान्छे जन्मिन्छ ठूलो हुन्छ अनि विवाह गर्ने उमेर भएपछि वैवाहिक सम्बन्धमा बाँधिन्छ ।विवाहपश्चातश्रीमान श्रीमतीको सुरुको त्यो कञ्चन खोलामा बगेको पानी झै माया प्रेम बिस्तारै आफ्ना आफ्ना स्वार्थहरू यतिबढ्दै जान्छन् कि त्यही माया प्रेम फेरि बाढी आएको खोलाको धमिलो पानीका रूपमा परिणत पनि हुन पुग्दोरहेछ । सुरुमा कालीलाई छोरी अस्मितालाई स्वीकार्ने वचन दिएका शङ्करले पछि अस्मिताको जन्मदर्ता पनिगरिदिन सक्दैनन् ।
पवित्र प्रेम पश्चात विवाह बन्धनमा बाँधिएको जोडीले एकले अर्कालाई छोड्न नचाहदा नचाहदै पनिआर्थिक सङ्कट टार्नका लागि विछोडिदै वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको छ । त्यस विछोडकोअवस्थामा भरखरै माया पिरती बसेको श्रीमतीलाई पतिको मृत्युको खबरले कति दर्दनाक अवस्था सिर्जना हुन्छ भन्ने कुरा त यो उपन्यास पढेपछि महसुस हुन्छ । अहो ! उपन्यासमा काली र मैयाँका कहानी कति दर्दनाक छन् !कति कारुणिक छन् !
यसपछि उपन्यासमा कथाले नयाँ मोड लिन्छ ।वैंशमा लोग्नेको मृत्यु भएको महिलाले आफ्नो ईच्छाआकाङ्क्षाहरूलाई मारेर जिन्दगी भरी नै विधवा भई बसिरहनुपर्ने हो ? यस्तै यस्तै प्रश्न मनमा उब्जिन्छन्उपन्यास पढ्दै जाँदा।वर्तमान समाजमा यदाकदा पुनर्विवाह हुने गरेको भएता पनि समाजले लगाउने अनेकलान्छ्नाका साथै समाजले पुनर्विवाहलाई सहर्ष स्वीकार नगरेको अवस्थाले गर्दा महिलाहरूमा अझै पनिपुनर्विवाह गर्ने साहस बढेको देखिदैँन ।
मान्छे जन्मेपछि जिउनका लागि कुनै न कुनै माध्यमबाट प्रेमको जरुरत पर्छ । साथै, खुसीको जरुरत पनिपर्दछ । यस यथार्थतालाई स्विकार्नुको विकल्प देखिदैँन । प्रेमको चिनोका रूममा बच्चा जन्मिने गर्छ ।जन्मेकोबच्चाको के दोष ! त्यसलाई कानुनले नस्वीकार्ने र समाजले स्विकार नगर्ने ? समाजले माया नगर्ने ? कानुनले
सहारा नदिने ? सम्मान नगर्ने ? भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
विवाहइतरको सम्बन्धलाई हाम्रो कानुन र समाजले नस्वीकार्दा व्यक्ति बर्गेल्ती समस्याको शिकार बन्न पुग्दो रहेछ । जिन्दगीभरी नै दु:ख र समस्याको बोझले थिचिएर जीवनयापन गर्न पुग्नुपर्दो रहेछ । अझ त्यसमा पनि पुरुषले भन्दा महिला नै सजायको भागिदार बन्नु पर्दो रहेछ भन्ने विषयलाई उपन्यासले घुमाउरो पाराले दृष्टान्त दिन खोजे जस्तो देखिन्छ । विवाहइतर सम्बन्धबाट जन्मेका बालबालिकाको त झन कानुनले नै संरक्षण गर्ने गरी कानुन पो बन्नुपर्ने देखियो त ! कारण स्पष्टै छ बच्चाले म जन्मिन्छु भनेर जन्मिएको होइन ।मानिसको जीवन बाध्यता र विवशताले भरिएको हुन्छ । त्यसभित्र अनेक कारण हुन सक्छन् ।मानिसका बाध्यता र विवशतालाई बेवास्ता गर्दै अपराधीसरह व्यवहार गर्ने समाज विद्यमान नै छ । यस पवित्र धरतीमा मानव चोला धारणा गरेको व्यक्तिले जन्मदर्ता, व्यक्तिगत घटनामा दर्ता, विद्यालय भर्ना, नागरिकता प्राप्ति, रोजगारी प्राप्ति, बैंक खाता सञ्चालन जस्ता कामका लागि कानुनी संरक्षण प्राप्त हुनुपर्ने हो । मानिसले आफ्नो पहिचान परिवार र समाजबाट पाउनुपर्ने हो । सामाजिक नियम तथा कानुनले सहयोग गर्नुपर्ने हो ।त्यसैले व्यक्तिको स्वतन्त्रतालाई स्विकार गर्ने गरी नियम कानुन मानवको चेतनामा परिवर्तन गर्न जरुरत देखिन्छ भन्ने सन्देश उपन्यासले दिएको छ।
बच्चा जन्मिसकेपछि जन्मदर्ता देखिका उसका व्यक्तिगत घटना दर्ता, विद्यालय भर्ना, विद्यालयबाट प्रदान गरिने प्रमाणपत्र, नागरिकता समेतमा उसको अनेकन बाधा व्यवधान झेल्नुपर्ने काम नवन्ने अफिसका विद्यालयका ढोका चाहर्नुपर्ने अवस्था अवस्था अहिले पनि रहेको छ यस्तो अवस्थाको सामना गर्नुपर्दा पात्रको/स्वयम् व्यक्तिको मनमा के गुज्रिन पुग्ला ? राज्यबाट नै यस्ता प्रकारका समस्या झेल्नु पर्दा के उनले सोचे जस्तो आफ्नो लक्ष्य हासिल गर्न सफल हुन सकिन् त ! के हाम्रो कानुनलाई यस्तै कठोर नै बनाई राख्ने हो त ? के जन्मेपछि जन्मने व्यक्तिले पाउने मानव अधिकारको सम्मान नहुने ? जन्माउने व्यक्तिको सम्मान नहुने ?
उसलाई हेयको भावले नै हेर्नुपर्ने ? के आमाको नामबाट जन्मदर्ता र नागरिकता पाउन अझै कति पर्खनुपर्ने ? बाबुको पहिचान नभएका, बाबु हराएका, बाबुको सनाखत गरिदिने कोही पनि नभएका र विविन्न कारणबाट बाबु नपाएका बालबालिकाहरूले बालिक भएपछि नागरिकता बनाउन नपाउनु र शैक्षिक प्रमाणपत्रमा काल्पनिक बाबुको नाम हुनु जस्ता समाजमा घट्ने र घटिसकेका विषयलाई प्रतिरूप उपन्यासमा झल्काइएको छ
।
हरेक पाठकलाई यस उपन्यासका यी पात्रहरु (काली र अस्मिता) का ठाँउमा आफैँलाई उभ्याई समस्याको बोध गर्दा कति कारुणिक कथा छ भन्ने कुरा मनन् हुन पुग्छ ।कानुन त समाजले बनाउने हो, नियम पनि समाजले बनाउने हो ।तर यिनै समाज र यसैका सदस्यले निर्माण गरेका नियम कानुनको बन्धनले गर्दा त्यही समाजको मानिसले नै समाजसँग जुध्नुपर्ने र समाजको सामना गर्नुपर्ने अवस्था उपन्यासको कथामा देखाइएको छ ।कठोर नियम कानुन, समाज तथा पारिवारिक अहम् तथा अहंकारका कारण त्यही समाजको कमजोर सदस्यले कति कारुणिक जीवनापन गरिरहनु परेको छ भन्ने कुरा प्रतिरुप उपन्यासको कथाले चित्रण गरेको छ ।
मान्छे भएर जन्म लिएपछि आफ्नो जीवनमा कहिल्यै पनि स्वतन्त्र छैन । आफूले पाउनुपर्ने खुसी पनि कानुनको र समाजको डरलेभित्र भित्रै मारेर बस्नुपर्ने अवस्था छ । आफूलाई जन्माउन मन लागेको बच्चासमेत कानुनको डरले गर्भमै तुहाउनुपर्ने वा अन्य कुनै बाउको नाम दिएर जन्माउनुपर्ने हुन्छ वा सडकमै छोडेर वा हस्पिटलमा छाडेर वा अरूको घरको दैलोमा छाडेर भाग्नुपर्ने विद्यमान अवस्था रहेको छ । यस्ता घटना यदाकदा वर्तमान समाजमा पनि घटेका छन् ।आजभन्दा झन्डै चालिस वर्ष पहिलेको समाजमा घटेका घटना र महिला तथा पुरुषको यथार्थताको प्रतिनिधित्व यस उपन्यासले गरेको देखिन्छ ।
स्वतन्त्र वा समाज र कानुनको डरले परिवन्दमा परेर वा लुकिछिपी यौन सम्पर्क गरेर बच्चा जन्माउने माया गर्ने वा प्रेम गर्ने व्यक्तिहरू समाजका नालायाक पात्रको संज्ञा पाएका हुन्छन् ।उनीहरूलाई आफूले गरेको काम अत्यन्त उत्कृष्ट लाग्छ होला तर त्यही कामलाई हाम्रो कानुन तथा समाजले निकृष्ट ठानी दण्ड सजायको भागी बनाउँछ । असुरक्षित यौन सम्पर्क गर्भ रहने र सो गर्भपतनका लागि सुरक्षित उपाय नभएपछि असुरक्षित (घरेलु) उपायहरू अपनाएका दृष्टान्त दिदैँ उपन्यासकारले चालिस वर्ष पहिलाको नेपाली समाजको चरित्रचित्रण गरेका छन् ।
यस उपन्यासले उब्जाएको मूल प्रश्न र उपन्यासकारले दिन खोजेको मुख्य सन्देश मानव जीवन धारण गरेपछि व्यक्तिले निश्चित उमेर अवस्था पार गर्दै गर्दा उसको शारीरिक, मानसिक, चेतनात्मक अवस्थामा आएको परिवर्तनक कारण शरीरमा हर्मोनको उत्पादन पश्चात यौनजन्य क्रियाकलापमा सहभागी हुनु स्वाभाविक प्रकृया नै हो भन्ने हो । कानुनी प्रावधानअनुसार वैवाहिक सम्बन्धको कारणले हुने यौन सम्पर्कलाई वैधता प्राप्त हुन्छ भने वैवाहिक सम्बन्ध विना गरिएको प्रेम माया र यौन सम्बन्धलाई अवैध मानेर दण्ड तथा सजायको भागी हुनुपर्ने प्रावधान छ ।
वैधानिक रूपमा वैवाहिक बन्धनमा बाँधिएका जोडीमा यौन इच्छा वा चाहना माया र प्रेमका रसहरु हुन्छन्, त्यस्तै कानुनले मान्यता नदिएका जोडीमा समेत उल्लिखित इच्छा आकाङ्क्षा रहन्छन्, नरहने भन्ने हुँदैन । यो यथार्थता हो। यसर्थ, जे जसरी बच्चा जन्मिए पनि त्यसरी जन्मिएको बच्चाले अरू नागरिक सरह आत्मसम्मान पाउनुपर्ने र निर्वाध रूपमा राज्यबाट प्रदान हुने व्यक्तिगत घटना दर्ता, नागरिकता र राज्यबाट प्रदान हुने रोजगारीका सुविधा समेतको व्यवस्था हुने गरी कानुन निर्माण हुनु जरुरी देखिन्छ भन्ने सन्देश पाउन सकिन्छ यो उपन्यास पढ्दा ।उपन्यास पढिसक्दा काली र उनकी छोरी अस्मितालाई अन्याय भएको महसुस हरेक पाठकलाई हुन्छ र कसिलो मुठी उठाउँदै काली र अस्मिताको पक्षमा बहस गर्न तयार हुन्छ । उपन्यासमा कौतुहूलता प्रशस्तै छ । हरेक अङ्क पढ्दै जाँदा अब के होला ? अब के होला ? भन्ने कौतुहलता जन्मिदै जान्छ । आफ्नो वंश जोगाउने नाममा महाभारतमा अन्य व्यक्तिको सहारामा सत्यवतीले बुहारीहरूलाई गर्भवती गराएर वंश धानेका कथा पाइन्छ।उपन्यासमा अस्मितालाई शङ्करले (नविन र मृत्यु भएको नविनको वुवा) त्यस्तै किसिमले स्वीकारेको हो कि भन्ने लाग्न सक्छ । तर परिस्थिति फरक हुन्छ । त्यस्तै खासी जातिमा मातृसत्ता छ ।अब मैयाँ पनि आफ्नो बाबुको वंश राख्नका लागि बाउकै घरमा बस्ने चलन पनि हो उनको जातिमा तर उनी बस्न सकिनन् ।
उपन्यासका पात्रहरु बिचमा भएको संवाद र प्रयुक्त भाषा शैली सरल भएको कारणले सहजै बुझ्न सकिन्छ । घटना तथा पात्रहरूको संवादकै क्रममा एउटा पात्रले अर्को पात्रलाई आफ्नो प्रेमको प्रतिरूपका रूपमा प्राप्त गरेको अवस्था छ । तर त्यसको यथार्थता उक्त पात्रले थाहा पाएको भने हुँदैन ।
उपन्यासको सार प्रेमको प्रतिरूप हो ।अब उपन्यासका ती पात्रहरू (काली र मैयाँ) को मिलन होला कि न होला ? नविन काली र अस्मिताको मिलन होला कि नहोला ? भन्ने प्रश्न पाठकका मनमा उठ्ने गर्छ ।वास्तविक घटनाको रहस्य उद्घाटन गरेर पनि यी दुवैको मिलन नगराइकन उपन्यासले बिट मारेको छ । अस्मिताको भविष्य के भयो होला ? नवीनले दुई परिवारबिच सेतुको काम गरे कि गरेनन् होला ? निराश अस्मितामा आशाको जन्म भयो कि भएन होला ? यस्ता प्रश्नहरू पाठकका मनमा उठाइदिएर उपन्यासकारले मनमा उथलपुथल ल्याइदिन्छन् र बिचैमा छाडिदिन्छन् । उपन्यासका ती पात्रहरूको मिलन भएको घटनाक्रमलाई अगाडि बढाइदिएर लेखकले यसैको दोसस्रो भाग लेखेमा पाठकहरू सन्तुष्ट हुनेछन् भन्ने लाग्छ ।
प्रतिक्रिया