सुशासनको प्रभाव नेपाली समाजमा

लेखकः डा.लछी सिंह समाजशास्त्र विज्ञ तथा सभापति हार्ट क्लब नेपाल, ललितपुर शाखा २०८२ असार ३ गते २१:५८ मा प्रकाशित

शुरुमा हामी सबैले सुशासन के हो ? भन्ने बारे जानकारी समाजमा हुन अति आवश्यक छ । सुशासनको अवधारणा सर्वप्रथम विश्व बैड.्कले सन्१९८९ मा अफ्रिका महादेशमा पहिलो पटक प्रयोगमा ल्याएको थियो । अहिले यो अवधारणा दिगो विकास लक्ष्य हासिल गर्नको लागि महत्वपूर्ण ओजारको रुपमा देखिएको छ । स्थानीय समाज, प्रदेश, देश र साधारण जनसमुहको लागि असल व्यवहारबाट शुरु गरिने कार्य तथा शासन नै सुशासन हो भनिन्छ । यो व्यवस्थामा राज्यका सबै अड.्गहरुमा, स्थानीय समाज, क्षेत्र र वर्गको उचित प्रतिनिधित्व गराई सबैको सक्रिय सहभागिताका साथै अपुनत्व महसुश हुनेगरी सबैका सरोकारका बिषयहरुमा छिटो, छरितो एवम् न्यायिपूर्ण तरीकाले समाजमा भएका आमनागरिकलाई शासनकोसुखद अनुभूति गराउन नैअसल शासन वा सुशासन हो भनिन्छ । अर्को अर्थमा सुशासन भनेको असल र कुशल शासनको शासकीय पद्धति हो । सुशासनले समाजमा शान्ति, स्वच्छ, स्थायित्व, विकास र समृद्धि ल्याउने कार्य गर्दछ । सुशासन भनेको सरकारले समाजका जनतालाई पारदर्शिता, जवाफदेहिता, सहभागिता, कानूनी शासन, प्रभावकारिता र समानता जस्ता सिद्धान्तहरुमा आधारित असल शासन दिने प्रणलीको विकास हो । यसले समाजका अधिकार र कर्तव्यलाई सम्मान गर्ने तथा सार्वजनिक स्रोतहरुको उचित व्यवस्था र न्याय संगत प्रयोग गरी जनताको सेवामा छिटो छरितो गर्ने मुख्य उद्देश्य लिएको हुन्छ । सुशासन भनेको सक्षम, निष्पक्ष, उत्पादनशील, मितव्ययी, छरितो, जनमुखी र उत्तरदायीको रुपमा विकास भएको शासनको अवस्था हो । आजको स्थानीय समाज सुशासनको ऐना हो । यो लोकतन्त्र, समावेशिता, जनसहभागिता, मानव अधिकार, सामाजिक न्याय, दिगो विकास, शान्ति र समृद्धिको स्थापना सँगसगै देखा पर्दछ । सुशासनको परिकल्पना र प्रयास सुख र समृद्धिका लागि जसले खुशि तथा समान्न दिन्छ । असल शासन तथा प्रशासनिक अधिकारको समुचित प्रयोग नै सुशासन ९न्ययम न्यखभचलबलअभ० हो । यसलाई निश्चित मापदण्डका आधारमा निर्णय गर्ने पदधति पनि भनिन्छ । अर्थात राज्यले जनताका लागि गर्ने काम वा सेवा राज्यको व्यवहार सुलभ, पारदर्शी र समग्र रुपमा असल हुनुपर्छ भन्ने धारण नै सुशासन हो । राज्यले गर्ने शासन व्यवस्था र प्रकृया जनमुखी भए मात्र स्थानीय समाज विकास सम्भव हुने भन्ने विश्वव्यापी बिचार तथा मान्यताको आधारमा यसको महत्व संसारमा अधिक भएको छ । यसले स्थानीय समाजलाई मेरुदण्ड मानि उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता र कानुनको शासनलाई अनुसरण गर्दै राजनैतिक, व्यवस्थाकीय र नैतिक आयामलाई अगिंकार गरि मुलुकको सर्वाड.्गिन पक्षको सन्तुलित एव दिगो विकास लाई समेटको हुन्छ । स्थानीय समाज भित्रका सबै जनताले अनुभूति गर्ने गरी सहज शासन प्रणाली छैन्भने त्यहाँ सुशासनको प्रत्याभूति हुँदैन भन्ने भनाई छ । समुन्नत समाज निमार्णका लागि पनि सुशासन हुन जरुरी छ । सुशसनले राज्यलाई पारदर्शी, जबाफदेही र समावेशी बनाउँछ । कानुनी राज्यको अवधारणा लाई आत्मासात् गर्न पे्ररित गर्दछ । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुतm, जनउत्तरदायी र सहभागिता मूलक बनाउँदै राज्य बाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चि गरी सुशासनको प्रत्याभूति स्थानयि समाज गराउन सरकारको पहिलो जिम्मेवारी हो । हामीले सबै ठाउँमा स्थानीय समाजको बारेमा बढी गन्थन गरेका छौ । तर स्थानीय समाज भनेको के हो ? भन्नेबारे जानकारी सबैलाई हुन अतिआवश्यक छ ।

अब म समाज शब्दको उत्पति कहाँ र कहिलेबाट भएको हो भन्ने बारे प्रष्ट पार्न चाहन्छु । यो शब्द पहिले ल्याटिन भाषाको सोसिय ९क्यअष्ब०ि बाट उत्पन्न भएको हो । यसकोप्रथम उच्चारण गर्ने व्यतmी “एडम” हुन । स्थानीय समाजको उच्चारण एघारांै शताब्दीमा भएको हो। मानवकोविकास संगसंगै यसको उत्पति पनि भएको हो। स्थानीय समाजको अर्थ साथीभाई, समुह, संघ, टोल, क्लब, पार्टी र संगति आदि… आदि…हुन । स्थानीय समाजमा एक भन्दा धेरै मानिसहरुको समूह वा उपस्थिति लाई मानिन्छ । समाज शब्दले गाँउ, टोल, समुह, क्लब र शहरमा बसोबास गर्ने परिवार तथा व्यतिmको समूहलाई जनाउँछ । एक क्षेत्रमा बसोबास गर्ने मानिसहरुको संञ्जाल पनि समाज भनिन्छ । समाजमा विभिन्न जातजाति, धार्मिक, उमेर र वर्गका मानिसहरुकोबसोबास हुन्छ । यसमा विभिन्न भूगोल, क्षेत्र, धर्म, संस्कृति र वर्गबाट आएका मिश्रित व्यतिmहरुकोसमिकरण हुन्छ । स्थानीय समाजको महत्व मानव विकासको लागि बढी मानिएको छ । अर्को अर्थमा स्थानीय समाज लाई एक आपसमा आश्रित हुन, सामूहिक पहिचान गर्नु, सामुहिक सहयोग गर्नु र सामूहिक उद्देश्य प्राप्तिका लागि समूहमा एकताबद्ध भैई समाजको विकास गर्नु हो । समाज र सुशासन बिचको सम्बन्ध धनिष्ठ छ । सुशासनको सम्बन्ध स्थानीय समाज देखि राष्ट्रर अन्र्तराष्ट्रिय सम्म जोडीएको हुन्छ । त्यसैले स्थानीय समाजमा असल तथा कुशल शासनको स्थापना गर्न अतिआवश्यक देखिएको छ । स्थानीय समाजमा सुशासन कसरी स्थापना गर्न सकिन्छ छ भन्ने बारे केही व्याख्या गरिएको छ । नेपाली समाजमा सुशासनको प्रभाव कसेरी परेको छ भन्ने बारे यस लेखमा उल्लेख गरीको छ । सुशासन परिभाषा माथि राम्रो किसिमले उल्लेख गरिएको छ ।

आधुनिक समाज विकासका सन्दर्भमा यो शब्दको विकास स्थानयि सामाज तथा आर्थिक संग जोडिएको छ । सुशासन कुनै पनि देशको स्थानीय सामाजिक र आर्थिक विकासको प्रगति गर्ने एक चाबी हो । आधुनिक स्थानीय समाज विकास तथा निमार्ण सँगै शासनको सहजीकरणका लागि केही बिशेष संग निमार्ण गरिएको छ । राज्यले शासनलाई असल शासनमा परिणत गर्न न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सँगै आधुनिक बाजार व्यवस्थापन गरिएको छ । स्थानीय समाज विकासको अवस्था र जनचेतनाको स्तर बलियो बनाउदै अभिवृद्धि गराउनुपर्छ । नेपाल सरकारले सुशासनको छुटै पहल शुरुवात गरिएको छ । सुशासनले समाजमा भएका जनतालाई सहज तरिकाले सेवा सुविधा पु¥र्याउनु पर्ने हुन्छ । हिजोआज स्थानीय समाज वा समुदायमा बराबरको सेवा भने जस्तो दिन सकेको छैन् । आजको स्थानीय समाजले इतिहासबाट धेरै कुरा सिक्दै आई रहेको छ । जनसमुदाय लाई सुखी बनाउने पहिलो सरकारको जिम्मेवारी हो । आजको अवस्थामा विधिको शासन निमार्ण गर्दै देशलाई गुणस्तरीय र समृद्ध समाजको रुपमा स्थापना गर्न सुशासनको शुरुवात स्थानीय समाज गर्न पहिलो कार्य हो र संचालनमा केही कमि आएको छ । छोटो अनुसंन्धानको तथ्याकंले ८५ प्रतिशत स्थानीय जनताले सुशासनको महसुस गरेको पाईदैन् । स्थानीय समाजमा सोधपुच्छ गर्दा ८५ प्रतिशत व्यतिmहरुले सुशासनको बारेमा हामीले केही थाहा छैन् भनेका थिएँ । १५ प्रतिशत समाजका व्यतिmहरु अलि पढेलेखेका र जागरिमा आवद्धता भएकाले उनीहरुलाई मात्र सुशासन भनेको यो भन्ने जानकारी फेला गरेको थियो । सुसशान भनेको सेवा दिने व्यतिmको बोलीचाली, व्यवहार, सत्कार, सम्मान र काम गर्ने शैलीले झल्काउन्छ । तर सुशासन भनेको भष्ट्राचारमा पैसा मात्र लिने काम होईन्।

सुशासनको अर्थ शुरुमा सेवाग्राहिक भन्दा सेवा दिने कर्मचारीलाई सिकासन पर्छ र त्यसै अनुसार मात्र उनीहरुले व्यवहार गर्ने प्रकृया अगाडी बढने छ । सरकारले सुशासन स्थानीय समाजमा स्थापना गर्नका लागि शुरुमा गुरुयोजना बनाई कार्यक्रम संचालन गर्नु देखिन्छ ।

१५५ सुशासनको ज्ञान भएको समुदायसुशासनको अनुसंन्धान स्थानीय समुदायमा गर्दाको तथ्याङ्गले देखाउन्छ । ८५५ सुशासनको ज्ञान नभएको समुदाय

सुशासनको शुरुवात कर्मचारीसम्म मात्र सिमित राखी कुशल संचालन गर्न सकिदैन् । त्यसैले सरकारले सुशासन कायम गर्न सर्वप्रथम स्थानीय समुदायमा जंनचेतनाको अभियान नै शुरुवात गर्नु पर्छ । त्यसपछि मात्र समुदाय सशतिmकरण भई आफनो अधिकार आफै माग्ने योग्य भई आफनो सेवा सहि हिसाबले पाउने योग्य हुने छ । नित्र समुदायलाई सुशासनले हामीलाई कसरी व्यवहार गर्दछ भन्ने कुरानै थाहाँ हुदैन्। आफनो अधिकार खोज्नुको लागि पहिले व्यतिmनै सो बिषयमा ज्ञान वा जानकार हुनु पर्छ । त्यसपछि मात्र सो व्यतिmले अधिकार र नियमका कुरा गरी आफनो सेवा आफैले विना केही नगरी पाउन सक्छ । यो नियम सबैका लागि सर्वश्रेष्ठ हो । स्थानीय समुदायले सरकारको जिम्मेवारी तथा कामकतव्र्य अधिकार सम्बन्धी जानकारी पाउने छ ।

जनताको करको रकमले सरकारले आफनो दैनिक व्यवस्थापन संचालन गरेकोले समाज विकासको लागि सम्पूर्ण कार्य सरकारले निस्वार्थ भावनाले गरी सम्पूर्ण जनताका सेवाहरु छिटो छरितो दिने कार्यको थालनी गर्नु पर्छ । वर्तमान प्रस्थितिमा जनताको कार्यलाई बिचैमाअल्झाइ काम सम्पनतामा ढीला सुस्ती गर्ने तथा सही हिसाबले जानकारी न दिने भएकाले सुशासनको दायरामा सरकार पछाडी हटेको महसुस हुन्छ । यसरी स्थानीय समाजले समयमा आफुलाई चाहेको सेवा पाएन सकेइन भने समाजका ब्यक्ति आफै क्रियासिल भई सरकारको काममा बाधा अरचना गर्न सक्ने हुन्छ । समाज र सरकार बिचको सम्बन्धमा ठूलो खाडलको अन्तर देखिने छ । यदि सरकारले सुशासनको स्थापना आफुले प्रदान गर्ने हो भने स्थानीय जनताले पाउने सेवा, सुविधा, कर्तव्य र अधिकारमा ध्यान दिई सजिलै तरिकाले समाधान गर्न सकिने छ ।स्थानीय समाजमा सुशासनको स्थापनाको लागि यी चरणबद्ध कार्यक्रम संचालन गरेमा सरकारको काम कार्यवाही सही हिसाबले संचालन गर्न सकिन्छ । स्थानीय समाजमा सुशासनको आवश्यकता अतिनै छ । सुशासन र सकारात्मक सोचले स्थानीय समाजको विधमान स्थितिलाई उन्नत अवस्थामा पु¥याई समुदाय र व्यतिmहरुको चाहना तथा आवश्यकता अनुरुप सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताबाट निरन्तर रुपमा जीविकोपार्जनमा सुधार गर्न विकासले प्रेरित गर्दछ ।

सहभागितामूलक पद्धतिले ल्याएका उपलब्धिहरुको न्यायोचित वितरण प्रक्रियालाई सुनिश्चित गर्दै जनताको जीवनस्तरमा, दिगो र गुणात्मक सुधार ल्याई सकारात्मक परिर्वतन गर्न मद्दत गर्दछ । देश, राजनीतिक अवस्था, समय, स्थान, परिस्थिति र आवश्यकता अनुसार विकासको गति र कार्यान्वयन शैलीमा फरकपन भए तापनि यसको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक र बाह्रास्रोत परिचालन र अपेक्षित परिणाममा एकरुपता हुने गर्दछ । विश्वमा योजनाबद्ध विकासको सुरुवात १९२८मा तत्कालिन सोभियत संधबाट भएको थियो भने नेपालमा राणकालमै भएको पाईन्छ । नेपालको विकास अर्थतन्त्रमा बैदेशिक सहायता र गैरसरकारी निकायको योगदान महत्वपूर्ण रहिआएके छ । विकासका लागि अपनाइएका प्रणलीहरु जनकेन्द्रित, पारदर्शी, समावेशी र जनमुखी भई जनताले सुख, समृद्धि र भलाइ महसुस गर्ने वातावरणले सुशासनको अवस्थालाई प्रतिविम्बित गर्दछ । सुशासन कायम गर्न सचेत नागरिक र नागरिक समाज सरकारी तथा गैरसरकारी संयन्त्रहरुको समन्वय र सहकार्य अपरिहार्य छ । यस्तो कार्यगत समन्वय र राष्ट्रिय एकता कायम गर्न सकारात्मक सोच एक महत्वपूर्ण पक्ष हो । यस लेखमा यिनै समसामयिक बस्तुस्थितिको बिश्लेषण, सिकाइ, अनुभव र चुनौती सहित सुझावहरु प्रस्तुत गरिएको छ । सुशासनको कार्यान्वयनका लागि चरणबद्ध योजना बनाई प्रस्तुत गरिएको छ ।


सुशासनका चरणहरु
पहिलो
सम्पूर्ण स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्ने ।
दोस्रोः
सम्पूर्ण राजनैतिक नेताहरुको जनचेतना अभिवृद्धि गर्ने ।
तेस्रोः
संध, प्रदेश, स्थानीय कर्मचारीहरुको जनचेतना अभिवृद्धि गर्ने ।
चौथोः
कानुन, नियम, नीति, अध्याय, रणनीति र योजना बनाई स्थानयि, प्रदेश र संधमा लागु गर्ने ।
सजाय तथा पुस्कारको व्यवस्था हुनु पर्ने ।

माथी उल्लेखित सबै चरणहरुमा योजनाबद्ध कार्यक्रम नेपाल सरकाले कार्य गरेमा स्थानीय समाजमा संचालन गरेमा सुशासनको प्रभाव स्थानीय समाजमा राम्रो हुने विश्वास लिएको छ ।

१) परिक्रियाको पहिलो चरणमा सुशासनको परिभाषा, अर्थ र प्रकृया सम्बन्धि समाजमा व्यापक जंनचेतना अभिवृद्धि गर्नु पर्ने देखिन्छ । स्थानीय समाजका सम्पूर्ण जनताहरुलाई सुशासन सम्बन्धि ज्ञाता बनाई सुशासन सम्बन्धि बिषयलाई स्मार्ट बनाउने पहिलो कार्यमा नेपाल सरकारको हुनेछ । स्थानीय समुदायमा सरकारको काम, कतव्र्य र अधिकार सम्बन्धि राम्रो ज्ञान दिने कार्यशाला संचालन गर्नु पर्ने हुन्छ । साथै सरकार र समुदाय बिचको सम्बन्ध राम्रो बनाउने वातावरणको सृर्जना गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र स्थानीय समुदायका सबै जनताहरुको सिप तथा ज्ञान स्मार्ट बंन्ने छ र आफनो अधिकार आफै खोल्नेछन्। यो नेपाल सरकारको पहिलो कार्य हुनेछ ।

२) दोस्रो चरणमा सम्पूर्ण पार्टीका नेताहरुको सुशासन सम्बन्धि जनचेता अभिवृद्धि गर्ने । सरकार र राजनैतिक पार्टीका नेताहरुको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बारे राम्रो ज्ञान दिनुपर्ने हुन्छ । राजनीतिक नेताहरुको हरेक प्रक्रियामा सुशासनको सम्बन्ध हुन्छ भने जिम्मेवारी दिनुपर्ने हुन्छ ।

३) तेस्रो चरणमा नेपाल सरकारका संध, प्रदेश र स्थानीय स्तरका सम्पूर्ण कर्मचारीहरुलाई सुशासन सम्बन्धि चेतनाको अभिवृद्धि गराउनु पर्छ । यो सरकारको पहिलो प्राथमिकतामा पर्दछ । स्थानीय समुदाय तथा सरकार बिचको सम्बन्ध कस्तो हुनु पर्छ भन्नेबारे कर्मचारी वर्गहरुलाई राम्रो ज्ञान दिनु पर्ने अतिआवश्यक छ । सरकार भनेको जनतालाई सेवा प्रदान गर्ने निकाय हो तर प्रशासक होईन्। जनताले तिरेको कर र रकमबाट कर्मचारीहरुको तलब तथा सुविधा पाउने भएकाले जनता नै सर्वपरि हुन भनि बुझनु पर्छ । त्यसपछि मात्र नेपाल देशलाई स्वीजरलैण्ड देश जस्तोविकसित तथा स्मार्ट ९क्ःब्च्त्० बनाउन सकिने छ ।
४) चौथो चरणमा नेपाल सरकारका सम्पूर्ण नीतिनियम, कानून र रणनीतिहरु वा सम्पूर्ण सयन्त्रहरु स्मार्ट बनाई कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ । त्यसपछि मात्र सुशासनको विकास भैई देशमा नयाँ विकासको आयाम स्थापना हुने छ ५) अन्त्यमा चरणमा सुशासनको प्रक्रिर्यामा राम्रो काम गर्नेलाई पुस्कारको व्यवस्था राख्नु पर्ने हुन्छ । नराम्रो काम गर्ने

कर्मचारिलाई जागिरबाट हटाउने व्यवस्था गर्नु पर्दछ । अन्य ब्यक्ति \ले सुशासनको विरोधमा काम गरेमा कडासे कडा सजायको व्यवस्था हुनु पर्दछ ।६) स्थानीय समाज र सरकार बिचको ठूलो खाडललाई पता लगाई त्यसको वयवस्था समयमा नै गरी देशलाई स्मार्ट बनाउनका लागि मोडल विकासका कार्य अगाडी बढाई देशको विकास गर्नु पर्ने हुन्छ । जसमा पहिलो प्राथमिकतामा स्थानीय समाजमा सुशासन स्थापना गर्ने । वर्तमान प्रस्थितिमा स्थानीय समाजमा धेरै विज्ञहरुको टोली छ । उतm टोलीलाई नेपाल सरकारले कदर गरी कुशल तथा असल सुशासनकोस्थापनाका लागि उपयोगमा ल्याउने व्यवस्था गर्नु पर्ने हुन्छ ।

७) सरकारले सुशासनका विज्ञहरुलाई खोजी खोजी अनुसन्धानको लागि सम्बन्धित कार्यमा सक्रिय सहभागि गराई जिम्मेवारी दिने कार्य पहिलो हुनेछ । त्यसपछि मात्र सरकार सुशासन स्थापना कार्यमा सफल हुनेछ । मेरो पनि सुशासन बिषयमा लामो कार्य अनुभव भएकोले म पनि सरकारलाई सहयोग गर्न चाहन्छु । आज मेरो डायरीबाट यतिकैमा कमल रोकी अर्को लेखमा फेरी अर्को बिषयमा लेख्ने बाँचा गर्दै आजलाई बिदा चाहन्छु । ।। धन्यबाद ।।


लेखकः डा.लछी सिंह
समाजशास्त्र विज्ञ तथा सभापति हार्ट क्लब नेपाल, ललितपुर शाखा

प्रतिक्रिया