अमेरिकामा मे र जुन महिनामा धेरै कलेजहरूको दीक्षान्त समारोह ( Graduation ceremony) हुने गर्छ । आजकल त सोसलमीडिया छ । त्यो सुखत क्षणको फोटो , भीडियो प्राय: धेरै जसोले शेयर गर्छन् । गर्न नहुने पनि किन र ? खुसी जति बाँड्यो उति बड्छ हैन र ?
एउटा भीडियो टिकटकमा देखें । छोरीको दीक्षान्त समारोहमा सौतेनी बुबा लगायत परिवारका धेरैजना गएका रहेछन्। स्टेजमा सौतेनी छोरी जानेबेला भएको छ । उनको नाम बोलाउँदा त “लास्ट नेम “ यानी नेपालीमा हामी “ जात “ भन्छौं नी , सौतेनी बुबाको बोलाएको सुन्दा बुबा त निक्कै भावुक भएर रून पो थाले । त्यो भीडियो हेर्दा मेरो पनि आँखै रसायो ।
अनि एउटा नेपाली बहिनीले भनेको याद आयो । उनले चाहीं आफ्नो जिउँदै बुबाको काजक्रिया नै गरिदिंए भन्थिन । उनको कुरा सुन्दा कस्तो कठोर र निष्ठुरी रहिछन् जस्तो लाग्छ । तर उनको जिन्दगीभरको पिडा कसले बुझ्न सक्छ र ? बुबा सौतेनी बनिदिंदा , ( उनकी आमा ) जेठी श्रीमतीलाई संम्पत्ति केही नदिएर घरबाट निकालेका रहेछन् । ल संम्पत्ति त दिएनन् तर आफ्नै छोरी, उनको नागरिकता नबनाईदिंदा चाहीं बिचरा ती बहिनीले पढाई छोडी कलिलै उमेरमा विवाह गरि श्रीमानको नामबाट नेपालको नागरिकता बनाएको रहिछन् । धन्न उनी त छोरीमान्छे विवाह गरेर भएपनि नेपालको नागरिकसम्म बन्न पाईन । परिचय त भयो । तर छोराको हकमा त त्यो पनि संम्भव छैन । जिन्दगीभर अनागरिक वा बर्षौं कानुनीरूपमा लडेर आमाको नामबाट नागरिकता बनाउनु पर्ने बाध्यता छ ।
खासमा नेपालको “ बहु बिबाहमा रोक “ भन्ने कानुन चाहीं असफल भएको नै हो । जति कानुन बनाएर राज्यले रोके पनि समाजमा बहु बिबाह रोकिएको छैन् । बरू संम्पत्तिको लोभमा संतानहरू अनागरिक हुने समस्या निक्कै बढेको छ ! उहिले कानुन नहुँदा बरू बुढाका जति श्रीमतीहरू भएपनि, घर भित्र मन मुटाव भएपनि , व्यवहारमा सबै संन्तानलाई हक र अधिकार त दिन्थे ।
अमेरिका र नेपालको कानुन , सामाजिक संरचना , हक अधिकार र समाजको परिवेशमा निक्कै नै आकाश जमीनको फरक छ । यँहा बुबाआमाले संम्पत्ति दिएनन् भनेर कुनै पनि संतानले मुद्दा हाल्दैनन् र कुनै बुबाले संम्पत्ति नदिन आफ्नै संतानको नागरिकता नबनाईदिएर बिचल्ली पारेर अनागरिक बनाउने पनि गर्दैनन् । यँहा धेरैले शेषपछि संम्पत्ति के गर्ने, कसलाई दिने आदी बकसपत्र ( will ) बनाएका हुन्छन् । तेही अनुसार सबैले आफ्नो भाग केही भेट्छन् । रहयो नागरिकता , नेपालको जस्तो नागरिकता लिनेबेलामा बुबा खोज्दैनन् । बच्चा जन्मिदा हस्पिटलमा आमाको नाम हुन्छ । बयस्क भएपछि आफ्नो ईच्छा अनुसार जे नाम राखेर पनि नागरिकता बनाउन कानुनीरूपमा संम्भव छ ।
अँ साँच्ची , छोरीले सौतेनी बुबाको लास्टनेम राख्दा भावुक हुँदै रूनुपर्ने किन भन्ने लाग्ला । न कानुनले लास्टनेम परिवर्तन गर्नु पर्छ भन्छ , न आमाले नै परिवर्तन गर भन्न मिल्छ । तर छोरीले कर्म दिने सौतेनी बुबालाई कति महान मानिन् । उनले सम्मान स्वरूप आफ्नो लास्ट नेम नै परिवर्तन गरिन । रगतको नाता भन्दा मनको, भावनाको नाता कति ठुलो हुने रहेछ हैन त ?
अर्कोतिर नेपालमा , जँहा कानुनले नै नागरिकता बनाउनु पर्नेबेला बुबा खोज्छ । त्यो बेला केही बुबा बेपत्ता भई दिन्छन् । को हुन बुबा , कसको संतान हो भन्ने कुरा समाजमा छताछुल्ल हुन्छ । सबैलाई थाहा पनि हुन्छ । तर अँह , कोही पनि अन्यायमा परेका ती पीडित बालबालिकाहरूको अधिकारको लागि बोल्दैनन् । भन्नलाई त नेपाली समाज महान , सबैको खयाल गर्ने, एकअर्काको आपतबिपतमा रेखदेख गर्ने भन्ने गरिन्छ । खासमा नेपाली समाज जस्तो “ढोंगी समाज “ संसारमा अरू कुनै छैन होला । जब आँखै अगाडी, आफ्नै परिवारभित्र , टोल समाजमा भएको अन्याय नदेख्नेले , परेको बेला केही गर्ला नसोचे हुन्छ । तेस्तो निष्ठुरी नेपाली समाज हुनु र नहुनुमा केही भिन्नता देख्दिन ।
एउटा भीडियो टिकटकमा देखें । छोरीको दीक्षान्त समारोहमा सौतेनी बुबा लगायत परिवारका धेरैजना गएका रहेछन्। स्टेजमा सौतेनी छोरी जानेबेला भएको छ । उनको नाम बोलाउँदा त “लास्ट नेम “ यानी नेपालीमा हामी “ जात “ भन्छौं नी , सौतेनी बुबाको बोलाएको सुन्दा बुबा त निक्कै भावुक भएर रून पो थाले । त्यो भीडियो हेर्दा मेरो पनि आँखै रसायो ।
तेसैले नँया पुस्ताका नेपालमा नै बसोबास गर्ने छोरी, चेलीहरूलाई मेरो सल्लाह, सबैभन्दा महत्वपूर्ण कुरा भनेको कानुनीरूपमा आफु दरो बन्नु पर्छ । रोमियो जुलियट , लैला मजनु , मुना मदनका बारेमा कथामा पढ्दामात्र हो रोमान्टिक लाग्ने ! व्यवहारमा, कानुनीरूपमा आफु बलियो भईयो भने मात्र आफ्ना जन्मने संतानले सुख पाउँछन् । कानुनी विवाह गर वा धार्मिक विवाह पछि कानुनीरूपमा पनि विवाह दर्ता गराउ । संतान जन्मेपछि अनिवार्य बुबाको नाम राखेर वडा कार्यालयमा जन्मदर्ता गराउ । पछि बुबा समाजमा वरीपरी देखिएर पनि नभेट्टिने गरी हराए भने नै पनि , तिनै कानुनी कागजले अधिकार माग्न सहयोग मिल्छ । नत्र अदालतको ढोका चाहार्दा चाहार्दै जिन्दगी जानसक्छ ।
तर यसो भनि रहँदा , आजकल नेपाली समाज पनि बिस्तारै खुल्ला र उदार चाहीं बन्दैछ है । उहिले जस्तो विधुर पुरूषले मात्र हैन , विधुवा महिलाले पनि फेरी विवाह गर्ने , संतान सहित महिला , पुरूष दुबैले फेरी अर्को विवाह गर्ने चलन बढेको छ । समय अनुसार यी सबै हुनु ठिक पनि हो । सौतेनी बुबाआमा , सौतेनी दाजुभाई, दिदी बहिनी देखि आधा भाई बहिनी यानी आमा एउटै तर आमाले अर्को विवाह गरेपछि जन्मेका सौतेनी बुबाका संतान हुनु पनि नेपाली समाजमा सामान्य जस्तै हुँदैछ ।
अन्त्यमा, संतान जन्माएर आफुले हुर्काउन सक्दिन भन्ने लाग्छ भने संतान नजन्माउनु । होंईन भने संम्पत्तिको लोभ गरेर , बाँड्नु पर्छ , दिनु पर्छ भनेर आफ्नै संतान, रगतसँगको संम्बन्धमा खेलवाड र तिनीहरूले पाउनु पर्ने आर्थिक र कानुनी अधिकारबाट बंन्चित नगर । एउटा श्रीमतीका संतानलाईमात्र भएभरको संम्पत्ति थुपार्दा , अर्को श्रीमतीका संतानलाई अन्याय नगर । नत्र माथि उल्लेख गरेको बहिनीले जस्तै आफ्नै संतानले जिउँदै काजक्रिया गरिदेलान् । बाहिर जति नै देखावटी हाँसेपनि , भोग्नु पर्दा , मान्छे न हुन , भित्रभित्र त दिनरात तड्पिएर मरीरहेको पक्कै हुन्छन् । मरेपछि संम्पत्ति कसैले बोकेर लग्न सक्दैन । “ जिउँदै मार्र्यो चोटैले , गर्नु गर्र्यो नोटैले “
लेखिका
प्रतिक्रिया