अमेरिकी विदेश बिभागले विदेशी विद्यार्थीहरूका लागि रोकिएको विद्यार्थी प्रवेशाज्ञा (भिसा )प्रक्रिया पुनः सुरु गरेको बुधबार घोषणा गरेको छ ।
तर अबदेखि सबै नयाँ आवेदनदाताहरूले आफ्नो सामाजिक संजाल (सोसल मिडिया) खाता सार्वजनिक रुपमा राख्नु पर्ने अर्थात् “पब्लिक” सेट गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
विदेश विभागका अनुसा संयुक्त राज्य अमेरिका, यसको संस्कृति, संस्था वा संविधानिक मूल्यहरूप्रति शत्रुतापूर्ण व्यवहार देखाउने प्रकाशन वा सन्देशहरू खोजी गरिनेछ। यदि कसैले आफ्नो खाता सार्वजनिक नगर्ने वा समीक्षा गर्न अनुमति नदिने हो भने प्रवेशाज्ञा (भिसा )अस्वीकृत हुन सक्ने स्पष्ट सन्देश दिइएको छ।
ट्रम्प प्रशासनले गत महिना विद्यार्थी प्रवेशाज्ञा (भिसा)का नयाँ अन्तर्वार्ता प्रक्रिया अस्थायी रूपमा रोक्दै सोसल मिडिया स्क्रिनिङ अर्थात् सामाजिक संजाल जाँच प्रणाली विस्तारको तयारी गरिरहेको जनाएको थियो।
यस घोषणाले चीन, भारत, मेक्सिको र फिलिपिन्सका विद्यार्थीहरूलाई प्रत्यक्ष असर पारेको छ। उनीहरूले सामाजिक सञ्जालमा प्रवेशाज्ञा आरक्षित स्थल (भिसा बुकिङ साइट)हरू निरन्तर जाँच गरिरहेको बताएका छन्।
एसोसिएट्स प्रेसका अनुसार टोरन्टोमा अध्ययनरत एक २७ वर्षीय चिनियाँ विधा वारिधी(पीएचडी )विद्यार्थीले अन्ततः अर्को हप्ता अन्तर्वार्ता पाउने समय लिएका छन्। जुलाईको अन्त्यतिर सुरु हुने अनुसन्धन कार्यक्रमका लागि उनी अमेरिका जान चाहन्छन्। “अब धेरै राहत महसुस भइरहेको छ,” उनले भने।
प्रतिक्रिया