इरानी विदेशमन्त्रीको चेतावनी: “इजरायली नागरिकहरू सैन्य र गुप्तचर स्थलको नजिक नजानुहोस्”

इनेप्लिज २०८२ असार ५ गते १७:०८ मा प्रकाशित

इरानले इजरायलमाथि आक्रमण जारी राखिरहेका बेला इरानी विदेशमन्त्री अब्बास अरागचीले इजरायली जनतालाई सैन्य  गुप्तचरस्थानहरूको नजिक नजान चेतावनी दिएका छन्।

अरागचीले सामाजिक सञ्जाल एक्समा इरानी सेनाले एक इजरायली केन्द्र, नियन्त्रण कक्ष  गुप्तचर मुख्यालय र अर्को “महत्वपूर्ण लक्ष्य”लाई सटीक रूपमा ध्वस्त पारेको बताएका छन्।

उनका अनुसार विस्फोटको लहरले नजिकै रहेको सोरोका अस्पताललाई “सामान्य क्षति” पुर्‍याएको छ, जुन केन्द्रमा गाजामा घाइतेभएका इजरायली सैनिकहरूको उपचार भइरहेको उनको दाबी छ। 

इजरायलले भने इरानले अस्पताललाई प्रत्यक्ष निशाना बनाएको आरोप लगाएको छ ।

अरागचीले इजरायलमाथि गम्भीर आरोप लगाउँदै भने पछिल्लो साता इजरायलले इरानी जनतामाथि अवैध युद्ध थालनी गरेपछि सयौँ निर्दोष इरानीहरूलाई चिसो रगतमा हत्या गरिएको छ।

उनले थपे , हाम्रा शक्तिशाली सशस्त्र बलहरूले हाम्रा जनतालाई लक्ष्य बनाउने अपराधीहरूलाई तबसम्म कडा प्रहार गर्न छोड्ने छैनन्, जबसम्म उनीहरूले आक्रमण रोक्दैनन् , त्यसको मूल्य चुकाउँदैनन्।”

अरागची भोलि युरोपेली कूटनीतिज्ञहरूसँग छलफल गर्न स्विजरल्याण्डको जिनेभा जाँदैछन्। 

प्रतिक्रिया