इजरायली रक्षा मन्त्रीको कडा चेतावनी: “खामेनीजस्तो तानाशाह अब रहन सक्दैन”

इनेप्लिज २०८२ असार ५ गते १६:४० मा प्रकाशित

इरानको आक्रमणमा परेका इजरायली सोरोका अस्पतालको घटनास्थलबाट बोल्दै इजरायली रक्षा मन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीलीई कडा चेतावनी दिएका छन्।

काट्जले भने: खामेनी जस्तो तानाशाह अब रहन सक्दैन।”उनले यो भनाइ बेर्शेभास्थित सोरोका अस्पतालमा इरानको आक्रमणपछिको निरीक्षणका क्रममा दिएका हुन्।काट्जका अनुसार इजरायलको युद्धको उद्देश्य स्पष्ट छ,परमाणुविनाश  मिसाइलखतरालाई हटाउने” उनले भने।यस लक्ष्यमा पुग्नका लागि इजरायली रक्षा बललाई निर्देशन दिइएको  त्यस सन्दर्भमा यो व्यक्ति(खामेनी)अब रहनु हुँदैन भन्ने कुरा स्पष्ट छ।”

यो अभिव्यक्तिले इजरायल र इरानबीचको तनाव झनै चर्किएको संकेत दिन्छ । एकातिर इरानले इजरायली सैन्य केन्द्रमा आक्रमणको जिम्मा लिएको छ भने अर्कातिर इजरायलले इरानी नेतृत्व नै हटाउने चेतावनी दिन थालेको छ।

प्रतिक्रिया