अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फक्स न्युजसँग क्रुद्ध भएका छन् ।
आफ्नो सामाजिक सञ्जाल उक्त सञ्जालविरुद्ध कडा आक्रोश पोखेका छन्। ट्रम्पले फक्स न्युजका सर्वेक्षणहरूलाई पूर्णतया गलत भएको दाबी गर्दै आफूले उनीहरूले भनेभन्दा धेरै मतान्तरले चुनाव जितेको बताएका छन्।
उनले भने फक्स न्युज वर्षौंदेखि उनीप्रति पूर्वाग्रही रहँदै आएको छ र सधैं नकारात्मक तथा गलत समाचारहरू प्रस्तुत गर्छ।
ट्रम्पले फक्स न्युजप्रति मागा समर्थकहरूको घृणाको कारण यही भएको उल्लेख गर्दै यद्यपि फक्सका प्रस्तोताहरु उत्कृष्ट भए पनि उनीहरूले आफ्नो असक्षम सर्वेक्षण प्रतिष्ठानलाई कहिल्यै परिवर्तन नगरेकोमा आपत्ति जनाएका छन्।
उनले हालैको फक्स न्युजको सीमासम्बन्धी सर्वेक्षणमा आफूलाई ५०% भन्दा बढी समर्थन देखाए पनिसीमामा ‘चमत्कारी रूपमा’ कोही पनि प्रवेश गर्न नसकेको अवस्थालाई विडम्बनापूर्ण बताएका छन्।
गत वर्ष सोही महिनामा ‘स्लिपी जो’ (जो बाइडेन) को कार्यकालमा ६०,००० मानिसहरू सीमाबाट प्रवेश गरेको स्मरण गराउँदैट्रम्पले नक्कली सर्वेक्षणकर्ताहरूप्रति घोर घृणा व्यक्त गरेका छन्।
उनले फक्स न्युजले आफ्नो बदनाम सर्वेक्षणकर्तालाई कहिल्यै नबदल्ने कुरामा जोड दिएका छन्। यो हमलाले ट्रम्प र फक्स न्युजबीचको जटिल सम्बन्धलाई पुनः उजागर गरेको छ।
प्रतिक्रिया