उत्तर कोरियाद्वारा एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार, दक्षिण कोरियाद्वारा विश्लेषण जारी

इनेप्लिज २०८२ असार ५ गते १०:३३ मा प्रकाशित

उत्तर कोरियाले बिहीबार बिहान “एक दर्जनभन्दा बढी” क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, रकेटहरू स्थानीय समय अनुसार बिहान करिब १० बजे उत्तर कोरियाको राजधानी प्योङयाङको सुनआन क्षेत्रबाट प्रहार गरिएको थियो। विवरणहरू कोरियाली र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ ,उत्तर कोरियाले केही गलत कदम नचालोस् भनेर हाम्रो सेना अमेरिकाको साथमा सधैँ तयार छ र जुनसुकै आक्रमणको कडा जवाफ दिन सक्छ।

दक्षिण कोरियाली समाचार निकाय (एजेन्सी) योन्हापले जनाएअनुसार ती क्षेप्यास्त्र (रकेट)हरू पहेलो सागर (जसलाई दक्षिणमा पश्चिमी सागर भनिन्छ) मा प्रहार गरिएको थियो।

प्रतिक्रिया