इजरायली सेनाले बुधबार इरानबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्रहरु पहिचान भएको पुष्टि गर्दै त्यसको रोकथामका लागि रक्षा प्रणाली सक्रिय गरिएको जानकारी दिएको छ।
इजरायल डिफेन्स फोर्सले नागरिकहरूलाई तुरुन्त सुरक्षित स्थानमा जान र अर्को सूचनासम्म त्यहीँ बस्न निर्देशन दिएको छ।
विज्ञप्तिमा भनिएको छ: “सुरक्षित स्थानबाट बाहिर निस्कन अनुमति स्पष्ट निर्देशनपछि मात्र दिन सकिन्छ।”
यसैबीच, इरानको अर्धसरकारी मेहर समाचार संस्थाले तेहरानमाथि “शत्रुतापूर्ण वस्तुहरू” विरुद्ध इरानी रक्षा प्रणाली सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।
घटनाको केही समयपछि, इरानको सरकारी सॅचार माध्यमले इजरायलको तटीय सहर हाइफाका बासिन्दाहरूलाई हिब्रू भाषामा आपतकालीन चेतावनी जारी गरेको छ।
सार्वजनिक गरिएको ग्राफिकमा हाइफाको एक उच्च जोखिम क्षेत्र भएको अनुमान गरिने नक्शा समावेश गरिएको छ — यद्यपि नक्शामा स्पष्ट स्थान पहिचान गर्ने संकेत छैन।
चेतावनीमा लेखिएको छ: नक्शामा देखाइएको हाइफाको क्षेत्रमा रहेका सबै व्यक्तिहरूलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरिन्छ। त्यहाँ उपस्थित रहनु तपाईहरुको जीवनको लागि खतरनाक हुन सक्छ।”
यो चेतावनीसँगै इजरायल र इरानबीचको तनाव झनै गहिरिंदै गएको देखिन्छ, जुन यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र नेतान्याहुको युद्धसम्बन्धी अभिव्यक्तिपछि थप चर्किएको हो।
प्रतिक्रिया