सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैन्य हस्तक्षेपको सन्दर्भमा “अल्टिमेट अल्टिमेटम” अर्थात अन्तिमभन्दा पनि अन्तिम चेतावनी दिएको बताएका छन्।
एक पत्रकारको प्रश्नमा ट्रम्पले भने, “हो, तपाईं यसलाई अन्तिमभन्दा पनि अन्तिम चेतावनी (अल्टिमेट अल्टिमेटम) भन्न सक्नुहुन्छ।” तर उनले यसको ठोस विवरण दिन अस्वीकार गरे।
त्यसैबीच, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानविरुद्धको अभियान “जारी राख्नू” भनेर प्रोत्साहित गरेको खुलासा गरेका छन्।
ट्र्मपले उनलाई जारी राख्नसिएनएनसॅगको कुराकानीमा बताए। “म उनिसॅग हरेक दिन कुरा गर्छु। उनि असल मान्छे हुन् र धेरै काम गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई “उनको देशले निकै अन्यायपूर्ण व्यवहार गरिरहेको” बताएका छन्, जुन सम्भवत: नेतान्याहुविरुद्ध इजरायलमा चलिरहेको कानुनी मुद्दातर्फ संकेत हो।
राष्ट्रपति ट्रम्पको पछिल्लो कुराकानी नेतान्याहुसँगको हिजो भएको थियो भने उनले इजरायलको इरानविरुद्धको प्रयासमा अमेरिका पनि जोडिने सम्भावना रहेको सॅकेत दिए तर उनले यस बारेमा जानकारी दिन अस्विकार गरेको सॅचार माध्यमहरुले उच्च प्राथमिकताको साथ समाचार राखेका छन्।
प्रतिक्रिया