इरानमाथि आक्रमणको योजना राष्ट्रपति ट्रम्पले समीक्षा गरिसके, तर निर्णय रोकेको संकेत — स्रोतको खुलासा

इनेप्लिज २०८२ असार ५ गते ०:१२ मा प्रकाशित

सिएनएनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य आक्रमण योजना समीक्षा गरिसकेको जनाएको छ । तेहरानले आफ्नो परमाणु कार्यक्रम फिर्ता लिन्छ कि भनेर पर्खिरहेको एक विश्वस्त स्रोतले सिएनएनलाई जानकारी दिएको छ।

राष्ट्रपति ट्रम्पले आफैंले भने झैँ सबै विकल्पहरू अझै पनि टेबलमा छन्,ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्।

यसैबीच इजरायलका पूर्व रक्षा मन्त्री योआव ग्यालान्तले सिएनएनसँग कुरा गर्दै भने इरानको परमाणु कार्यक्रममा इजरायली आक्रमणले त्यसलाई ‘केही वर्ष पछाडि धकेलेको’ छ, तर मध्यपूर्व र विश्वको उज्वल भविष्यका लागि अमेरिकाको संलग्नता आवश्यक हुन सक्छ।

ग्यालान्तले राष्ट्रपति ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै भने उहाँ एक साहसी र दृढ नेता हुनुहुन्छ, जसले कठिन समयमा पनि निर्णय लिन सक्नुहुन्छ,” । र ,यस्तो अवसरमा”उहाँले निर्णय लिन सक्ने क्षमता राख्नुहुन्छ”।

उनले अगाडी भने राष्ट्रपति ट्रम्प अमेरिकी जनताको हितमा हुने निर्णय नै लिनुहुन्छ।

प्रतिक्रिया