इजरायल–इरान युद्ध अन्त्य गर्न फ्रेन्च राष्ट्रपति म्याक्रोनको युरोपेली कूटनीतिक पहल सुरू

इनेप्लिज २०८२ असार ५ गते ०:२८ मा प्रकाशित

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले इजरायल र इरानबीचको द्वन्द्व अन्त्य गर्न युरोपेली कूटनीतिक पहलको घोषणा गरेका छन्। उनले आफ्ना विदेश मन्त्री जीन नोएल बारोलाई युरोपेली साझेदारहरूसँग मिलेर सम्झौतामूलक प्रस्ताव तयार पार्न निर्देशन दिएका छन् ।

म्याक्रोनले इरानसँग सम्बन्धित परिस्थितिबारे छलफल गर्न फ्रान्सको रक्षा तथा राष्ट्रिय सुरक्षा परिषदको बैठक पनि बोलाएका थिए।

वक्तव्यमा इजरायल-इरान तनाव चर्किंदै गएको प्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। त्यसमा भनिएको छ,“इजरायली आक्रमणहरू अब इरानको परमाणु वा क्षेप्यास्त्र कार्यक्रमसँग असम्बन्धित लक्ष्यहरूमा केन्द्रित हुन थालेका छन्, जसको कारण इजरायल र इरान दुबैमा सर्वसाधारणको मृत्यु दर बढ्दो छ।”

“यी सैन्य कारबाहीहरू तत्काल रोकिनु आवश्यक छ, किनभने यसले सम्पूर्ण क्षेत्रीय सुरक्षामाथि गम्भीर खतरा पैदा गरिरहेको छ।” साथै, इरानको परमाणु कार्यक्रमबारे फेरि वार्तामा फर्किन आह्वान बिज्ञप्तिमा जनाईएको छ।

फ्रान्सको विदेश मन्त्रालयले इजरायल वा इरानमा रहेका फ्रान्सेली नागरिकहरूको सुरक्षित बाहिरिन सघाउने जिम्मेवारी पनि पाएको जनाइएको छ।

प्रतिक्रिया