इजरायली रक्षा बल (आइडिएफ) ले बिहीबार जानकारी दिएको अनुसार इजरायलको वायुसेनाका ४० वटा लडाकु विमानहरूले इरानको विभिन्न क्षेत्रमा रहेका “दर्जनौँ” सैन्य लक्ष्यहरूमा आक्रमण गरेका छन्। आक्रमणको प्रमुख केन्द्र अराक क्षेत्रमा रहेको एक निष्क्रिय भारी पानी आणविक रिएक्टर अर्थात् परमाणु भट्टी पनि रहेको जनाएको छ ।
आइडिएफका अनुसार, आक्रमणपूर्व अराक क्षेत्र वरिपरिको नागरिक क्षेत्रमा खाली गराउने आदेश दिइएको थियो। “यो परमाणु भट्टी (रिएक्टर)को निर्माण सन् १९९७ मा सुरु भएको थियो, तर अन्तर्राष्ट्रिय दबाबका कारण पूर्ण हुन नसकेको इजरायली सेनाले उल्लेख गरेको छ ।
इजरायली वायुसेनाले भनेको छ, “हामीले परमाणु भट्टी (रिएक्टर)को मुख्य संरचनामा हमला गरेका छौँ जुन प्लुटोनियम उत्पादनको लागि प्रयोग हुने घटक हो। यसलाई क्षति पुर्याउँदा इरानले भविष्यमा यसलाई आणविक हतियार उत्पादनको लागि पुनः प्रयोग गर्न सक्दैन।”
त्यस्तै, नातान्ज क्षेत्रको “आणविक हतियार विकास केन्द्र” मा समेत आक्रमण गरिएको जनाइएको छ। इजरायलले उक्त क्षेत्रमा आणविक कार्यक्रमसँग सम्बन्धित अन्य सैन्य उत्पादन स्थलहरू समेत रहेको आरोप लगाएको छ।
प्रतिक्रिया