इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निःशर्त आत्मसमर्पण गर्ने मागलाई कडा रूपमा अस्वीकार गरेका छन्। बुधबार दूरदर्शन (टेलिभिजन)मार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा उनले भने, “शान्ति होस् या युद्ध – इरानमाथि थोप्न खोजिएको कुनै निर्णय स्वीकार्य छैन।”
गत शुक्रबार देखि इजरायलले इरानमाथि बमबारी थालेपछि यो उनको पहिलो औपचारिक प्रतिक्रिया हो। उनले इरानी जनताको इतिहास, चेतना र आत्मसम्मान बुझ्ने कोही पनि “धम्कीपूर्ण भाषामा” बोल्न नसक्ने बताए।
खामेनीले चेतावनी दिँदै भने, “अमेरिकी सैन्य हस्तक्षेप भए त्यसको परिणाम अपूरणीय हुनेछ।”
यसैबीच, ट्रम्प र उनको टोली इरानी आणविक केन्द्रहरूमा इजरायलसँग मिलेर आक्रमण गर्ने विकल्पहरू छलफल गरिरहेको अमेरिकी स्रोतहरूले बताएका छन्।
इरानले अमेरिकालाई प्रत्यक्ष रूपमा युद्धमा सहभागी भयो भने त्यसको जवाफ दिन इरान बाध्य हुने स्पष्ट परेको छ ।
जेनेभास्थित राष्ट्रसंघीय कार्यालयमा इरानी राजदूत अली बहरैनीले पनि अमेरिका “इजरायलका आक्रमणमा सहभागीजस्तै” भएको दाबी गरेका छन्।
यो तनावपूर्ण अवस्थामा इरानले आफ्नो आत्मसम्मान र सार्वभौमिकताको रक्षा गर्न कुनै पनि सीमा पार गर्न तयार रहेको संकेत दिएको छ।
प्रतिक्रिया