रूसका उप-विदेशमन्त्री सर्गेइ रयाब्कोभले बुधबार मस्कोले वाशिङ्टनलाई इजरायललाई प्रत्यक्ष सैन्य सहायता नदिन चेतावनी दिएको बताएका छन्।
इन्टरफ्याक्स समाचार एजेन्सी (निकाय)का अनुसार उनले भने, “हामी वाशिङ्टनलाई यस्तो विचारहरू चाहे अनुमानमै किन नहोस् , नगर्न स्पष्ट चेतावनी दिन्छौं। यसले सम्पूर्ण क्षेत्रमा गम्भीर अस्थिरता ल्याउनेछ।”
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल हमास द्वन्द्वमा मध्यस्थता गर्न प्रस्ताव गरेका थिए।
तर ट्रम्पले पनि पुटिनलाई उनीहरू युक्रेनसँगको आफ्नो युद्ध समाधानतर्फ नै केन्द्रित रहनु पर्छ भनि सुझाव दिएको एसोसिएट प्रेस(एपी)ले समाचारमा जनाएको छ ।
प्रतिक्रिया