ईरानभर अन्तर्जाल( इन्टरनेट )सेवा बन्द, इजरायलद्वारा ‘विजयको सन्देश’ दिंदै नागरिक प्रतिबन्ध खुकुलो भएको घोषणा

इनेप्लिज २०८२ असार ४ गते १५:१९ मा प्रकाशित

बुधबार दिउँसो ईरानभर अचानक अन्तर्जाल( इन्टरनेट ) सेवा ठप्प भयो। अधिकारीहरूले यसबारे तत्काल कुनै स्पष्ट कारण दिएका छैनन्। एपीका अनुसार अन्तर्जाल( इन्टरनेट )अवरुद्ध हुँदा सूचना सम्प्रेषणमा व्यापक असर परेको छ।

उता, इजरायलले ईरानसँगको तनावपश्चात् छ दिनपछि केही नागरिक प्रतिबन्धहरू खुकुलो पार्ने घोषणा गरेको छ। 

इजरायली सेनाले बुधबार जनाएको अनुसार गत एक हप्तादेखि देशभर ‘ठप्प’ अवस्थामा पुगेको जनजीवन अब विस्तारै सामान्य बनाइँदैछ। यद्यपि विद्यालयहरू अझै बन्द नै रहनेछन।

अबदेखि त्यस्ता कार्यस्थलहरूमा मानिसहरू फर्कन सक्नेछन्, जहाँ सुरक्षात्मक आश्रयस्थलको पहुँच छ भनिएको छ ।

इजरायलको सीमावर्ती क्षेत्रहरूमा पनि थप खुकुलोपन अपनाइँदैछ, जहाँ ईरानी आक्रमण तुलनात्मक रूपमा कम भएको थियो।

इजरायली रक्षा मन्त्री इजरायल काट्ज ले भने, “देशका विभिन्न क्षेत्रहरूमा अर्थतन्त्रलाई क्रमशः पुन: सञ्चालन गर्ने निर्णय ईरानी शत्रूमाथिको विजयको सन्देश हो।”

उनले थपे, “ईरानले प्रहार गर्ने क्षेप्यास्त्रहरूको संख्या घट्दै गएको छ, जसका कारण इजरायली हवाई प्रतिरक्षा प्रणालीले लक्ष्य अझ सटीकता देखाएको छ।”

यो घटनाक्रमले क्षेत्रीय तनाव अझ गहिरिँदै गए पनि इजरायलले आन्तरिक रूपले आफ्नो जनजीवनलाई सामान्य बनाउने प्रयास थालेको संकेत गर्छ।

प्रतिक्रिया