इजरायली विदेशमन्त्रीको कडा घोषणा: इरानसँग कुनै सम्झौता हुँदैन ; आणविक खतरा हटाउने अभियान अन्तिमसम्म लडिने

इनेप्लिज २०८२ असार ४ गते ११:०९ मा प्रकाशित

इजरायलका विदेशमन्त्री गिडेओन सारले बुधबार स्पष्ट शब्दमा इरानसँग अब कुनै वार्ता नहुने जनाएका छन् । उनले इरानले जानाजानी सैन्य नभएका नागरिक क्षेत्रहरूलाई लक्ष्य बनाइरहेको आरोप लगाए । साथै उनले इरानले “गम्भीर गल्ती” गरेको बताए ।

तेल अभिभमा दक्षिणको बाट याममा एक इरानी क्षेप्यास्त्र प्रहार भएको स्थानमा बोल्दै उनले भने, “हामी अस्तित्वकै संकट हटाउने हाम्रो लक्ष्य पूरा नगरेसम्म रोकिन्नौं।”

इजरायली वायुसेनाले बुधबार इरानको केर्मानशाहस्थित सैन्य आधारमा रहेका ५ वटा एएच-१ आक्रमणकारी उदग्रबिमान (हेलिकप्ट)रहरू ध्वस्त पारेको जानकारी दिएको छ।

इजरायली रक्षा बलका अनुसार तेहरानमा रहेको एक सेन्ट्रिफ्यूज ( केन्द्रवर्तक यन्त्र)उत्पादन केन्द्र पनि बुधबार निशाना बनाइएको हो। आइडिएफका प्रवक्ता एफी डेफ्रिनले बताए अनुसार, “हालसम्म हामीले इरानभर १,१०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरिसकेका छौं। यसले युरेनियम समृद्धि र क्षेप्यास्त्र क्षमतामा ठूलो क्षति पुर्‍याएको छ।”

गिडेओन सारले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई पठाएको पत्रमा भनेका छन्, “इरानले अन्तर्राष्ट्रिय सीमाहरू पार गरिसकेको छ। इरानले हतियारस्तरीय युरेनियम समृद्ध गर्दै आणविक पूर्वाधार कायम राखेको छ।”

प्रतिक्रिया