इजरायलमा ३८,००० पर्यटक फसे, उद्धारको तयारी तीव्र

इनेप्लिज २०८२ असार ४ गते १:३६ मा प्रकाशित

इजरायलमा हाल कम्तीमा ३८,००० विदेशी पर्यटकहरू रहेको इजरायली पर्यटन मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले मंगलबार नयाँ संजालस्थल (वेबसाइट )सञ्चालनमा ल्याएको छ । यस माध्यमबाट पर्यटकहरूले देशभित्र आफ्नो उपस्थितिको दर्ता गर्न र उद्दारको लागि अनुरोध आवेदन पत्र (फारम )भर्न सक्नेछन्।

खतरा सुरक्षा परिस्थितिको बीचमा इजरायली सरकारले विदेशी नागरिकहरूको उद्दारका लागि तयारी तीव्र पारेको छ। संजालस्थल (वेबसाइट)मार्फत पर्यटन मन्त्रालयले पर्यटकहरूको स्थान र अवस्था बारे जानकारी संकलन गरिरहेको छ, जसले आपतकालीन उद्दार कार्यलाई सहज बनाउनेछ।

एबीसी न्यूजसँग कुराकानी गर्ने दुई विदेशी पर्यटकका अनुसार, केही मुलुकहरूले आफ्ना नागरिकहरूलाई उद्दार गर्न इजिप्टको साईनाई प्रायद्वीप हुँदै विशेष उद्दार उडानको व्यवस्था गरिरहेका छन्। यी उद्दार प्रयासहरू हाल भइरहेको इजरायल-इरान तनाव र सुरक्षाको जटिल स्थितिका कारण आवश्यक बनेका हुन्।

इजरायली अधिकारीहरूले देशमा रहेका सबै विदेशी पर्यटकहरूले तुरुन्तै आफूलाई बिधुतिय प्रणालीबाट दर्ता गर्न आह्वान गरेका छन् , जसले आपतकालीन अवस्थामा उनीहरूको उद्दार कार्यलाई छिटो र प्रभावकारी बनाउनेछ।

उत्तरी इजरायल, गाजा क्षेत्र र अन्य संवेदनशील इलाकाहरूमा भइरहेको सैन्य गतिविधिका कारण पर्यटकहरू त्रसित अवस्थामा छन्। सरकार र विभिन्न दूतावासहरूले मिलेर सुरक्षित स्थानतर्फ सार्ने काम सुरु गरिसकेका छन्।

प्रतिक्रिया