इजरायलका रक्षा मन्त्री इजरायल कात्जले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई गम्भीर चेतावनी दिएका छन्।
उनले भने, “यदि खामेनीले युद्ध अपराधहरू जारी राखे र इजरायली नागरिकहरूमाथि क्षेप्यास्त्रहरु आक्रमण गर्न छोडेनन् भने उनी पनि इराकका तानाशाह सद्दाम हुसेनको जस्तै अन्त्य भोग्न सक्छन्।”
तेल अभिभमा वरिष्ठ इजरायली सैन्य अधिकारीहरूसँगको बैठकमा बोल्दै मन्त्री कात्जले भने, “म इरानी तानाशाहलाई चेतावनी दिन चाहन्छु – इजरायली नागरिकमाथि क्षेप्यास्त्र प्रहार गर्नु र युद्ध अपराधहरू गर्नु बन्द गर। उनले सम्झनुपर्छ, इरानको छिमेकी मुलुकको एक तानाशाहले इजरायलविरुद्ध यस्तै बाटो रोज्दा के परिणाम भोगे।”
कात्जको यो टिप्पणी इजरायल र इरानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो, जहाँ हालसालै इरान समर्थित समूहहरूले इजरायलतर्फ क्षेप्यास्त्रहरु प्रहार गरेका थिए। इजरायली नेतृत्वले बारम्बार खामेनी र इरानी शासनप्रणालीलाई इजरायलको अस्तित्वको खतरा ठान्दै आएको छ।
यो चेतावनीले इरान-इजरायल सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने आँकलन गरिँदैछ। कात्जको भनाइले इरानमा राजनीतिक प्रतिक्रिया पनि निम्त्याउन सक्छ।
प्रतिक्रिया