ट्रम्पको इरानलाई कडा चेतावनी: ‘हाम्रा सैनिकलाई नछोऊ, अन्यथा कठोर परिणाम भोग्नेछौ’

इनेप्लिज २०८२ असार ३ गते १०:४५ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा रहेका अमेरिकी सैनिक र सम्पत्तिलाई लिएर इरानलाई चेतावनी दिएका छन्। उनले तेहरानलाई “हाम्रा सैनिकलाई नछुन निर्देशन दिएका छन्। अमेरिकी राष्ट्रपतिको बिशेष बिमान एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “यदि उनीहरूले हाम्रा मानिसहरूलाई केही गरे भने हामी कठोर रूपमा प्रस्तुत हुनेछौं।”

राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमको वास्तविक अन्त्य देखिरहेको बताए। एक अन्त्य अर्थात् एक वास्तविक अन्त्य तर युद्धविराम होइन,उनले भने । उनले त्यो अन्त्य भनेको पूर्ण रूपमा आत्मसमर्पणको सन्दर्भमा पत्रकारहरुलाई जवाफ फर्काए ।

क्यानडामा भएको जी सेभेन (जी ७ ) बैठक चाँडै छोडेका ट्रम्पले मंगलबार बिहान ह्वाइट हाउसको संकट व्यवस्थापन कक्ष (सिचुएसन रुम)मा हुने बताए।

तेहरान खाली गर्न आह्वान गर्दै उनले सामाजिक सञ्जालमा गरेको प्रकाशनको पछाडि के थियो भनी प्रश्न गर्दा ट्रम्पले कुनै खतरा नभएकोमा जोड दिए तर भने, “म मानिसहरू सुरक्षित भएको चाहन्छु…र म केवल मानिसहरू सुरक्षित भएको चाहन्छु।”

प्रतिक्रिया