राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनमाथि कडा प्रहार गर्दै म्याक्रोनले इजरायल र इरानबीच ‘युद्धविराम’ गराउनका लागि क्यानडामा भएको जी७ शिखर सम्मेलन चाँडै छाडेको भन्नु ‘झुटो’ भएको आरोप लगाएका छन् । इजरायल र इरानबीच गत शुक्रबारदेखि क्षेप्यास्त्र हमला आदान प्रदान भइरहेका छन्।
ट्रम्पले आफ्नो सामाजिक संजाल ‘ट्रुथ पोस्ट’ मा प्रचार खोज्ने फ्रान्सका राष्ट्रपति म्याक्रोनले मैले इजरायल र इरानबीच ‘युद्धविराम’ गराउनका लागि क्यानडाको जी७ शिखर सम्मेलन छाडेर डिसी फर्किएको बारेमा गल्तीपूर्वक भनेको लेखेका छन् । उनले यो गलत हो भन्दै आफू भर्खर वाशिंगटन जाँदैछु भन्ने बारे उनलाई कुनै जानकारी छैन ।
जानीजानी होस् वा अन्जान होस् इमानुएलले सधैं गलत बुझ्ने भन्दै प्रतिक्षा गर्न भनेका छन् । ट्रम्पले सोमबार जी७ शिखर सम्मेलन अचानक छोट्याएका थिए, उनले ट्रुथ सोसलमा “सबैले तेहरान खाली गर्नुपर्छ!” भनी लेखेका थिए। यसबाट मध्यपूर्वको जारी द्वन्द्वमा अमेरिकाको आगामी कदमबारे थप अनिश्चितता बढेको छ।
प्रतिक्रिया