५७ वर्षीय भ्यान्स बोल्टर सोमबार दिउँसो अमेरिकी संघीय अदालतमा पहिलो पटक उपस्थिती जनाएका छन्। उनीमाथि मिनेसोटाका सांसद मेलिसा हर्टम्यान र उनका श्रीमानको गोली हानी हत्या गरेको आरोप छ। साथै, अर्का राज्य सिनेटर र उनकी पत्नीलाई घाइते बनाएको अभियोग पनि छ।
बोल्टरलाई ६ वटा संघीय अभियोग लागेका छन्, जसमा हत्या, पछ्याउने र हतियारसम्बन्धी अपराधहरू छन्। अदालतमा उनी सुन्तला रंगको कारागार लुगा र चप्पल लगाएर उपस्थित भएका थिए र उनलाई हतकडी लगाइएको थिएन।
संघीय अदालतमा बोल्टरले आफूलाई निजी वकिल राख्ने आर्थिक क्षमता नभएको बताए। उनले आँशिक काम गरेर हप्ता लगभग ५४० डलर आम्दानी हुने र अरू कुनै स्रोत नभएको बताएका छन्। यद्यपि, उनले आफ्नो नाममा घर र ७ वटा गाडी रहेको पनि बताए।
न्यायाधीशले अभियोगको गम्भीरता हेर्दा उनी निजी वकिल राख्न अयोग्य देखिएको बताए र संघीय सार्वजनिक वकिल नियुक्त गरिने सिफारिस गरे।
राज्य अदालतले भने बोल्टरको अनुपस्थितिमा ५ मिलियन डलर धरौटी तोकेको छ ।
उनि अहिले पनि संघीय हिरासतमा छन्। उनको अर्को सुनुवाइ जुन २७ तारिख बिहान ११ बजे तोकिएको छ।
प्रतिक्रिया