इजरायल र इरानबीच चलिरहेको द्वन्द्वका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार राति जी ७ शिखर सम्मेलनबाट प्रस्थान गर्ने भएका छन्।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले राष्ट्र प्रमुखहरूसँगको रात्रीभोजपछि क्यानडाको अल्बर्टाबाट फर्किने बताएकी छन्।
“राष्ट्रपति ट्रम्पको जी ७ मा उत्कृष्ट दिन रह्यो, उनले बेलायतका प्रधानमन्त्री केयर स्टारमरसँग एउटा महत्त्वपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर समेत गरे। धेरै उपलब्धिहरू हासिल भए, तर मध्यपूर्वमा भइरहेको घटनाक्रमका कारण राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँगको रात्रीभोजपछि प्रस्थान गर्नेछन्,” लेभिटले भनिन्।
फक्स न्युजले प्राप्त जानकारीअनुसार ट्रम्पले आफ्नो फिर्तीका लागि राष्ट्रिय सुरक्षा परिषदलाई परिस्थिति कक्ष (सिचुएसन रुम)मा तयार रहन अनुरोध गरेका छन्।
प्रतिक्रिया