ट्रम्पको चेतावनी: “ईरानसँग आणविक हतियार हुन सक्दैन, तेहरान तुरुन्त खाली गर!”

इनेप्लिज २०८२ असार २ गते २२:५१ मा प्रकाशित

उनले तेहरानका नागरिकहरूलाई तुरुन्त शहर खाली गर्न आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ईरानप्रति कडा चेतावनी जारी गरेका छन्। उनले लेखेका छन्, “ईरानले मैले भनेको सम्झौता गर्नु पर्ने थियो। यो लज्जास्पद छ, र मानवीय जीवनको ठूलो बर्बादी हो।”

ट्रम्पको भनाइमा, ईरानले आणविक हतियार विकास गर्न खोज्नु सम्पूर्ण विश्वका लागि खतरा हो। उनले लेखेका छन्, “इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो कुरा पटक–पटक भनेको छु।”

उनले तेहरानका नागरिकहरूलाई तुरुन्त शहर खाली गर्न आग्रह गरेका छन्। “सबैजनाले तुरुन्त तेहरान खाली गर्नुपर्छ!” ट्रम्पले जोड दिएका छन्।

यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय कूटनीति र मध्यपूर्वको सुरक्षा स्थितिमा पुनः तनाव पैदा गराएको छ। अमेरिकी प्रशासन वा विश्व शक्तिहरूले यसबारे के कदम चाल्ने हुन् भन्नेबारे आधिकारिक धारणा आउन बाँकी छ।

विश्लेषकहरूले ट्रम्पको यस्तो सार्वजनिक चेतावनीलाई गम्भीर राजनीतिक सन्देशको रूपमा लिएका छन्। कतिपयले यसलाई युद्धको पूर्व संकेतका रूपमा हेरेका छन् भने अन्यले चुनावी रणनीतिका रूपमा पनि व्याख्या गरेका छन्।

हालसम्म ईरानले ट्रम्पको भनाइप्रति औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया