मंगलवार क्यालिफोर्निया र नेब्रास्काका विभिन्न कृषि फारमतथा कारखानाहरूमा आप्रवासन अधिकारीले छापा मारेका छन्, जसमा मुख्यतया आप्रवासी कामदारहरू लक्षित भएको बताइएको छ।
क्यालिफोर्नियाकी कांग्रेस सदस्य जुलिया ब्राउनलीले वेन्टुरा काउन्टीका थुप्रै कृषियोग्य क्षेत्रहरूमा छापा परेको पुष्टि गरिन्। उनले भनिन्, “यी छापा सार्वजनिक सुरक्षाका लागि होइनन्, डर फैलाउनका लागि हुन्। यहाँ अपराधी होइन, मेहनती कामदार र परिवारहरू छन्, जो हाम्रो समाजको मेरुदण्ड हुन्।”
उता नेब्रास्काको ओमाहास्थित एउटा मासु प्रशोधन कारखानामा पनि छापा मारिएको एपीले जनाएको छ। दर्जनौं कामदारहरूलाई बसमा हालेर लैजाँदा सानो विरोध प्रदर्शनसमेत भएको थियो। कारखानाका अध्यक्ष च्याड हार्टम्यानले भने, “हामी सबै नियम अनुसार चलिरहेका थियौं, तर किन हामीलाई लक्षित गरियो?”
यसबीच लस एञ्जलसमा दंगा नियन्त्रणको नाममा राष्ट्रपति डोनाल्ड ट्रम्पले हजारौं राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड )तैनाथ गरेका छन्। आइसिले पहिलो पटक सार्वजनिक रूपमा सैनिकहरूको तस्बिर एक्समा प्रकाशित गर्दै, “आजको कारवाहीका तस्बिरहरू” भनेर लेखेको छ ।
गृह बिभागकी सहायक सचिव ट्रिसिया म्याकलफलिनले भनिन्, “यदि दंगामा भाग लिनेहरूले आसिइ अधिकारीहरूमाथि आक्रमण गरे, सैनिकले तिनीहरूलाई अस्थायी रूपमा नियन्त्रणमा लिन सक्नेछन्।”
प्रतिक्रिया