लस एञ्जलसमा भइरहेको हिंसात्मक अशान्तिप्रति कडा चेतावनी :अवैध आप्रवासीहरू देश निकाला गरिने छ : राष्ट्रपति ट्रम्प

इनेप्लिज २०८२ जेठ २६ गते २२:०४ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लस एञ्जलसमा भइरहेको हिंसात्मक अशान्तिप्रति कडा चेतावनी दिएका छन्।

उनले भनेका छन्,“एक समयको महान अमेरिकी शहर, लस एञ्जलस अहिले अवैध आप्रवासी र अपराधीहरूद्वारा कब्जा गरिएको छ। अहिले उनीहरूले हाम्रा संघीय गुप्तचरहरूमाथि आक्रमणगरिरहेका छन्, जब हामी देश निकाल्ने कारबाही गरिरहेका छौं।”

राष्ट्रपतिका अनुसार, “यी कानूनविहीन दंगाहरू हाम्रो संकल्पलाई अझ बलियो बनाइरहेका छन्।” उनले गृह सुरक्षा सचिव क्रिस्टी नोएम, रक्षा सचिव पिट हेगसेथ, र महान्यायाधिवक्ता पाम बन्डीलाई अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरि आवश्यक सबै कदम चाल्न र लस एञ्जलसलाई “आप्रवासी आक्रमण” बाट मुक्त गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति ट्रम्पको भनाइ अनुसार “शान्ति पुनःस्थापित गरिनेछ, अवैध आप्रवासीहरू देश निकाला गरिनेछन्, र लस एञ्जलसलाई स्वतन्त्र बनाइनेछ।”

संघीय सरकारले अब कडा कानूनी तथा सुरक्षा कदम चाल्ने संकेत गरेका छन् । उनले सन्देशको अन्त्यमा भने यस विषयमा ध्यान दिएकोमा धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया