पोर्चुगलका प्रसिद्ध भकुण्डो खेलाडी र अल-नासर क्लबका अग्रपंक्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले अमेरिकी भूमिमा जुन १४ देखि सुरु हुने फिफा क्लब विश्वकप खेल्ने प्रस्तावहरू अस्वीकार गरेका छन्।
४० वर्षीय रोनाल्डोले म्युनिखमा पत्रकारहरूलाई बताएअनुसार उनलाई प्रतियोगितामा भाग लिने धेरै क्लबहरूले खेल्न प्रस्ताव गरेका थिए। तर उनले ती प्रस्तावहरू अस्वीकार गरेका छन्।
“केही कुरा बोल्न मिल्छ, केही कुरा मिल्दैन,” रोनाल्डोले भने। “तपाईले छोटो, मध्यम र दीर्घकालीन सोच राख्नुपर्छ। मेरो निर्णय लगभग पक्का भइसकेको छ—म क्लब विश्वकप जाँदिन। यद्यपि मलाई धेरै निमन्त्रणा प्राप्त भएका थिए।”
यो निर्णयले फिफा अध्यक्ष जियानी इन्फेन्टिनोको योजनामा झट्का दिएको छ, जसले क्लब विश्वकपलाई विश्वकै ठूलो फुटबल प्रतियोगितामध्ये एक बनाउन चर्चित खेलाडीहरूलाई आकर्षित गर्ने सोच बनाएका थिए।
रोनाल्डोले यो भनाइ तब दिए जब उनी राष्ट्र टोलीसँग युएफा राष्ट्रिय लिगको निर्णायक खेल खेल्न म्युनिखमा छन्। बुधबार जर्मनीविरुद्धको सेमिफाइनलमा उनले आफ्नो १३७ औं अन्तर्राष्ट्रिय गोल गर्दै पोर्चुगललाई अन्तिम चरण अर्थात् फाइनलमा पुर्याएका छन् ।
“अहिले क्लब विश्वकपको कुरा गर्ने बेला होइन,” रोनाल्डोले भने, “अहिले मेरो ध्यान राष्ट्र टोलीमा मात्र केन्द्रित छ।”
प्रतिक्रिया