ट्रम्प–इलन मस्क विवाद चुलियो: “इलनले होस् गुमाई सके ” — ट्रम्प, मस्कका बुबाले भने: “यो झगडा सकियोस्”

इनेप्लिज २०८२ जेठ २५ गते ९:५८ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा स्पेसएक्सका प्रमुख कार्यकारी अधिकारी तथा बिश्वकै धनाढ्य उद्यमी इलन मस्कबीचको तिक्तता चरममा पुगेको छ। ट्रम्पले “इलन मस्कले होस गुमाइसके” भन्दै मस्कसँग हाल कुरा गर्न आफू इच्छुक नभएको बताएका छन्। शुक्रबार बिहान एबिसीन्यूजसँगको दूरवाणी(फोन)अन्तर्वार्तामा ट्रम्पले मस्कलाई “पागल” भन्दै उनीसँग कुराकानीको आवश्यकता नरहेको बताए।

विवादको सुरुवात मस्कले ट्रम्पको कर र आप्रवासन सम्बन्धी विधेयकको आलोचना गर्दै ट्रम्पमाथि महाभियोगको समर्थन जनाएपछि भएको हो। मस्कले ट्रम्प “एपस्टिन मिसिल (फाइल)हरूमा संलग्न” भएको दाबी पनि गरे, जुन प्रमाणविहीन रहेको छ।

ट्रम्पले जवाफमा मस्कलाई “पागल” भन्दै उनका सरकारी सम्झौताहरू र अनुदानहरू खारेज गर्ने सुझाव दिएका थिए। राष्ट्रपति कार्यालयले मस्कलाई लक्षित गर्दै”उनी विधेयकमा रिसाएका हुन्” भन्ने प्रतिक्रिया दिएको छ।

यही समयमा मस्कका बुबा एरोल मस्ले भारतको दिल्ली बिमानस्थलबाट भने, “मैले इलनलाई सन्देश पठाएँ — यो झगडा सकियोस्। ट्रम्प नै जित्ने छन्, किनकि अमेरिकाली जनताले उनलाई रोजेका छन्।”

यसबीच ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले ट्रम्पको समर्थन जनाउँदै लेखे, “राष्ट्रपतिले जनविश्वास जित्न जुन काम गर्नुभएको छ, त्यो अविस्मरणीय छ।”

तर, केही घण्टापछि मस्कले झगडा शान्त पार्ने संकेत दिए। एउटा सामान्य प्रयोगकर्ताको “शान्त होऔं” भन्ने सुझावमा “राम्रो सुझाव ” भन्दै प्रतिक्रिया दिँदै उनले आफ्नो “ड्रागन” अन्तरिक्ष यान बन्द गर्ने धम्की फिर्ता लिएका छन्।

यो सार्वजनिक झगडाले ट्रम्प–मस्क सम्बन्धमा गहिरो फाटो देखाएको छ।

प्रतिक्रिया