झापाली समाजले भर्जिनिया राज्यको रेस्टन शहरमा आयोजना गर्ने बनभोज(पिकनिक)कार्यक्रम झापाली तथा शुभचिन्तकहरुलाई निमन्त्रणा गरेको छ ।
बिगत केही बर्ष देखि डिसी महानगर क्षेत्रमा हुदै आएको झापाली पिकनिक(वनभोज) यो बर्ष भर्जिनिया राज्यको प्रसिद्ध रेस्टन शहरमा आयोजना गर्ने भएको छ । उक्त बनभोज स्थल निकै रमणीयको साथै ताल ,बालबालिकाहरुका लागि निकै मनोरंजन स्थल भएकोले समाजले यस क्षेत्रमा बसोबास गर्नु हुने झापाली दाजुभाई तथा शुभचिन्तक नेपाली समुदायलाई आमन्त्रण गरेको छ । बनभोज कार्यक्रम लेक फेयरफ्याक्स पार्कमा हुनेछ ।
गत केही महिना अगाडी भर्जिनियाको टाईसन कर्नरमा झापा अन्तर्राष्ट्रिय सम्मेलन समेत गर्न सफल भएको झापा समाजले नेपाली समुदायलाई सरिक हुन् अनुरोध गरेको छ ।
यसपाली निम्न मिती, समय र स्थानमा हुने निर्णय भएकोले उक्त मिती आफ्नो भित्ते पात्रो (क्यालेन्डर)मा चिनो लगाउनुहुन अनुरोध छ।
कार्यक्रमको बिबरण यस प्रकार छः-
वनभोज (पिकनीक) हुने मितीः- June, 7th, 2025
समय:- 11:00 am
पिकनीक हुने ठेगानाः- 1400 Lake Fairfax Drive, Reston, VA 20190
Large Shelter A
सम्पूर्ण झापाली दाजुभाई दिदीबहिनी, बुबाआमालाई सपरिबार उपस्थित भई दिनु हुन सादर निमन्त्रणा छ।
आयोजक
झापाली समाज, डिएमभी
प्रतिक्रिया