ललितपुर जेठ २२! युवा जागरण पर्यावरणीय मञ्च (YAEF) पर्यावरण टेलिभिजन, पर्यावरण टेलिभिजन, रेडियो पर्यावरण १०४.२ मेगाहर्ज, इको मिडिया एक्सनको संयुक्त सक्रियता आज विश्व वातावरण दिवसको उपलक्ष्यमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यस वर्ष “प्लास्टिक प्रदुषण न्यूनीकरण ,हाम्रो दायित्व ” लगायत का नाराहरु मञ्च ले विगत २०५५ सालदेखि नै बुलन्द रुपमा अवलम्बन गर्दै आएको सर्व विदितै छ। आजको कार्यक्रम पर्यावरण टेलिभिजनका प्रवन्ध निर्देशक कृष्णहरि महर्जनको अगुवाइ र सक्रियता मा मञ्चका केन्द्रिय पदाधिकारीहरु, सन्चारकर्मिहरुको सहभागितामा फलफूलका बिरुवाहरु रोपेर वातावरण दिवस मनाइएको छ ।
आज सुन्तला ,स्याउ,आरु,आरुबखडा,मुन्तला,भोगटे ,हलुवाबेद,तेज्पात, अनार,अंगूर ,अम्बा,केरा,छोगडा,सुपारी ,लगायतका बिरुवाहरु रोपेर बिश्व वातावरण दिवस २०८२, June 5,2025 World Environment Day मनाइएको छ! जय पर्यावरण ! जय वातावरण !! स्मरण रहोस् मंचका संस्थापक अध्यक्ष स्वर्गीय वातावरण विद डा.अस्टमान किसि महर्जनले विगतमा चालेका पाइलाहरु पछ्याउँदै विश्व वातावरण दिवस सम्पन्न गरिएको छ। जय पर्यावरण ! जय वातावरण
प्रतिक्रिया