रूस-युक्रेन वार्ता अघि रुसी विदेशमन्त्री लावरोभ तथा अमेरिकी विदेश सचिव रुबियोबीच छलफल, राष्ट्रपति ट्रम्पको शान्ति आह्वान

इनेप्लिज २०८२ जेठ २० गते ९:५२ मा प्रकाशित

रूस–युक्रेन बैठकको पूर्वसन्ध्यामा अमेरिकी विदेशसचिव मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लावरोभबीच यूक्रेन युद्धबारे महत्वपूर्ण दूरवार्ता भएको रूसी सञ्चार संस्था इन्टरफ्याक्सले जनाएको छ।

रूसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार, “लावरोभ र रुबियोबीच युक्रेनी संकटको राजनीतिक समाधानसम्बन्धी विभिन्न प्रस्तावहरूमा विचारविमर्श भयो। जुन २ मा इस्तानबुलमा प्रत्यक्ष रूस-युक्रेन वार्ता पुनः सुरु गर्ने योजनासमेत समावेश थियो।”

एबिसीन्यूजका अनुसार रुबियोले जुन १ मा ब्रियान्स्क र कर्स्क क्षेत्रका रेल संरचनामा विस्फोट हुँदा निर्दोष नागरिकहरूको मृत्यु भएकोप्रति गहिरो समवेदना प्रकट गरेका थिए। रूसी विदेश मन्त्रालयले उक्त घटनाको गम्भीर छानबिन भइरहेको जानकारी दिँदै दोषीहरू चाँडै सार्वजनिक गरिने र उनीहरूलाई उचित सजाय दिइने भनेको छ।

यस वार्ताको पहल रूसबाट आएको र वार्ताका क्रममा रुबियोले “राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेको प्रत्यक्ष रूस-युक्रेन वार्ता जारी राख्नुपर्ने सन्देश फेरि दोहोर्‍याएको” अमेरिकी विदेश बिभागकी प्रवक्ता ट्याम्मी ब्रूसले बताइन्।

यो वार्ता शान्ति स्थापनातर्फ एक महत्वपूर्ण संकेतको रूपमा हेरिएको छ।

प्रतिक्रिया