जेलेन्सकी बर्लिन पुगे : लामो दूरीका हतियार र युद्धविरामका लागि समर्थन खोज्दै

इनेप्लिज २०८२ जेठ १५ गते १०:५८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकी बुधबार बर्लिन पुगेका छन् । एपीका अनुसार उनि जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जसँग भेट गर्दैछन्। रुसले आक्रमण तेज बनाए पछि उनि त्यहाँ पुगेका हुन् भने युक्रेनले थप सैन्य सहयोग खोजिरहेको छ ।

यता अमेरिकाको नेतृत्वमा युद्ध अन्त्य गर्ने प्रयास जारी छ।

जर्मनी, अमेरिका पछि युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता दिने देश हो। तीन साताअघि सत्ता सम्हालेका मर्ज युद्धविरामको पहलमा कुटनीतिक प्रयासमा लागेका छन्। युरोपेली नेताहरूले रुसी राष्ट्रपति पुटिनलाई शान्ति वार्तालाई ढिलो गरिरहेको आरोप लगाएका छन्।

जेलेन्सकीले मंगलबार भने, “हामी उच्चस्तरीय वार्ताका लागि तयार छौं — चाहे त्यो म, पुटिन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच त्रिपक्षीय वार्ता होस् वा अलग-अलग भेट।”

मर्जले सोमबार जर्मनीसहित प्रमुख सहयोगीहरूले युक्रेनलाई दिइने हतियारमा अब दूरीको सीमा नलगाउने घोषणा गरेका थिए। तर जर्मन सरकारले दीर्घ दूरीको टरस समुन्द्री क्षेप्यास्त्र ( क्रुज मिसाइल) उपलब्ध गराउने निर्णय भने अझै खुलाएको छैन।

जेलेन्सकीले बताए अनुसार युक्रेनले अब ३० बिलियन डलरको अतिरिक्त सहयोग चाहिएको छ, ताकि मानव रहित यान (ड्रोन) र क्षेप्यास्त्र (मिसाइल )उत्पादनमा रुससँग प्रतिस्पर्धा गर्न सकियोस्। रुस अहिले दैनिक ३ सयभन्दा बढी मानव रहित यान (ड्रोन )उत्पादन गरिरहेको छ।

रुसले मंगलबार राति १३ क्षेत्रहरूमा २९६ युक्रेनी मानव रहित यान (ड्रोन) खसालेको दाबी गरेको छ — जुन हालसम्मकै ठूलो ड्रोन आक्रमणमध्ये एक हो।

प्रतिक्रिया