रुसको राजधानी मस्कोसहित १२ क्षेत्रमा सयौं युक्रेनी मानव रहित यान (ड्रोन)हरूले आक्रमण गर्दा व्यापक क्षति र उडान अवरोध भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रातभरिमा २९६ युक्रेनी मानव रहित यान (ड्रोन) खसालिएको छ।
मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानी नजिकैको चेखोभ क्षेत्रमा मात्र ४२ मानव रहित यान खसालिएका छन्, जहाँ तीन घरमा क्षति पुगेको छ।
एबिसीन्यूजका अनुसार शेरेमेतेभो अन्तर्राष्ट्रिय विमानस्थलमा उडानमा ढिलाई भएको छ।
युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्को अन्तर्गतको “काउन्टर-डिसइन्फर्मेशन सेन्टर” अर्थात् भ्रामक सूचना नियन्त्रण केन्द्रका प्रमुख आन्द्रेई कोभालेन्कोले भने, “कयौं लक्ष्यमा राम्रो प्रहार भयो।” उनका अनुसार मस्कोको उत्तरमा रहेको दुब्ना यन्त्र निर्माण गर्ने कारखाना र टेक्नोपार्क एल्मा जस्ता सैन्य र प्रविधि केन्द्रहरू मुख्य निशाना बने।
यता, रुसले पनि युक्रेनमा रातभरि ६ क्षेप्यास्त्र र ८८ वटा मानव रहित यान प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ, जसमा ७१ वटा मानव रहित यान (ड्रोन) नष्ट गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको जनवरीमा सपथ लिए पछि पुन :हमलाको तीव्रता बढेको छ। ट्रम्पले युद्ध २४ घन्टामा अन्त्य गर्ने वाचा गरेका थिए, तर अहिलेसम्म सफल हुन नसकेको भन्दै उनी निराश देखिएका छन्।
ट्रम्पले भ्लादिमिर पुटिनलाई “एकदम पागल” को संज्ञा दिदै उनि आगोसँग खेल्दैछन भनि सामाजिक संजालमा लेखेका छन् ।
रुसले ट्रम्पसँगको दूरवार्तामा वाचा गरेको “शान्ति दस्तावेज” अझै तयार भएको छैन। युक्रेनी राष्ट्रपति जेलेंस्कीले भने, “रुसका शब्दहरू खोक्रा मात्र हुन्।”
प्रतिक्रिया