हर्नडन, भर्जिनियाको एल्डन मार्गको ३०० भवन समूह क्षेत्रमा शुक्रबार राति एक व्यक्तिको गोली हानी हत्या गरिएको छ।
हर्नडन प्रहरी विभागका अनुसार म्याक्लिन निवासी १८ वर्षीय कियनमेहर शिरिनिपाजिजिबा दोस्रो-श्रेणीको हत्या अभियोगमा पक्राउ परेका छन्।
शुक्रबार राति करिब ९:४० बजे घटना पछि सूचना पाएपछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।
एनविसिवासिॅगटन अनुसार केही समयपछि शिरिनिपाजिजिबाले नै प्रहरीलाई दूरवार्ता (फोन)गरेर आफूले उक्त व्यक्तिलाई भेटेको र गोली हानेको बताएका थिए।
घटनास्थलमा पुगेका प्रहरीले घाइतेलाई प्राथमिक उपचार गरेका थिए तर अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो।
शिरिनिपाजिजिबालाई प्रहरीद्वारा कुनै घटना विना नियन्त्रणमा लिइएको र हाल फेयरफ्याक्स काउन्टीको वयस्क कारागारमा धरौटी बिना राखिएको प्रहरीले बताएका छन्।
प्रतिक्रिया