जापान टोकियोबाट हुस्टन जाँदै गरेको अल निप्पन एयरवेजको एक विमानलाई एक यात्रुले उडानको बीचमा बाह्य ढोका खोल्ने प्रयास गरेपछि गत शनिबार सिएटलतर्फ मोडिएको छ।
अध्यागमन विभाग सियाटल प्रहरी विभागका प्रवक्ता क्रिस गुइजलोका अनुसार उक्त यात्रुलाई अन्य यात्रु र चालक दलका सदस्यहरूले नियन्त्रणमा लिएका थिए।
विमान बिहान ४:१९ बजे सियाटल टकामा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
प्रहरीले ती यात्रुको स्वास्थ्य परीक्षण गरेपछि उनी मानसिक स्वास्थ्य सम्बन्धी संकटकालीन अवस्थाबाट गुज्रिरहेको पुष्टि भएको बताइएको छ। उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ। उनीमाथि मुद्दा चल्ने नचल्ने भन्ने स्पष्ट भएको छैन।
विमान अवतरण गरेपछि अर्को यात्रु पनि उधुम मच्चाउन थालेपछि उनलाई पनि प्रहरीले विमानबाट निकालेर नियन्त्रणमा लिएको छ। यद्यपि यी दुई घटनाहरू एक अर्कासँग सम्बन्धित नरहेको विमानसेवाले पुष्टि गरेको छ।
फ्लाइटवेयर डटकमको तथ्यांक अनुसार विमान सियाटलबाट बिहान ७ बजेपछि आफ्नो गन्तव्य हुस्टनतर्फ उडेको थियो।
विमानसेवाले वक्तव्य जारी गर्दै भन्यो, “हाम्रा यात्रु र चालक दलको सुरक्षा नै हाम्रो सर्वोच्च प्राथमिकता हो। स्थानीय सुरक्षाकर्मीको सहयोगप्रति हामी आभारी छौं।”
प्रतिक्रिया