कोलोराडो स्प्रिङ्समा झगडापछि गोलीकाण्ड : कम्तीमा ६ जना घाइते, एकको अवस्था गम्भीर

इनेप्लिज २०८२ जेठ १२ गते २०:४८ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको कोलोराडो स्प्रिङ्स शहरमा शनिबार राति झगडापछि भएको गोलीकाण्डमा कम्तीमा ६ जना घाइते भएका छन्। 

कोलोराडो स्प्रिङ्स प्रहरी विभागका अनुसार झगडापछि गोली चलेको र एक जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी घाइतेको अवस्था स्थिर छ।

गोलीकाण्ड स्थानीय समयअनुसार राति ११ बजेपछि शहरको मुख्य शहर क्षेत्रको उत्तर–पूर्वी आवासीय क्षेत्रमा भएको हो। 

घटनापछि प्रहरीलाई धेरैले ९११ मा दूरवाणी (कल) गरेका थिए भने त्यपछि प्रहरी घटनास्थलमा पुगेका थिए।

प्रहरीले दिएको जानकारी अनुसार चार जनालाई 

रुग्णवाहिणी( एम्बुलेन्स)मार्फत अस्पताल लगिएको थियो भने दुई जना आफैं गाडी चढेर आपतकालीन कक्ष पुगेका थिए। 

प्रारम्भिक अनुसन्धानअनुसार घटना केही व्यक्तिहरूबीचको विवादबाट सुरु भएको र त्यसपछि गोली चलेको देखिएको छ।

एविसीन्यूजका अनुसार अहिलेसम्म कसैलाई पनि गिरफ्तारी गरिएको छैन। प्रहरी अझै अनुसन्धान गरिरहेको छ  भने सबै पीडितको अवस्थाबारे पुष्टि गर्न प्रयास भइरहेको छ। 

घटना सम्बन्धमा जानकारी भएका व्यक्तिहरूलाई कोलोराडो स्प्रिङ्स प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया