अमेरिकाको टेक्सस राज्यकी एक महिलाले ८३. ५ मिलियन डलरको चिठ्ठा इनाम नपाएपछि आयोग विरुद्ध मुद्दा दायर गरेकी छिन्।
सीएनएनले प्राप्त अदालतका दस्तावेजअनुसार टेक्ससकी एक महिलाले राज्यको चिठ्ठा आयोगलाई मुकदमा दायर गरेकी छिन्।
दस्तावेजअनुसार तीन महिनाभन्दा बढी अगाडि किनेको टिकटका अंकहरू चिठ्ठा खोल्दा घोषणा गरिएका सबै विजयी अंकहरूसँग मेल खाए पनि उनलाई ८३. ५ मिलियन डलर इनाम दिइएको छैन।
मुद्दामा भनिएको छ, “चिठ्ठाको मामिलामा टेक्ससका प्रत्येक नागरिकलाई थाहा छ: जितेपछि इनाम पाउनुपर्छ। चिठ्ठा जित्दा इनाम पाउन अदालतसम्म जानु नपर्ने हुनु पर्छ। तर यही घटना यहाँ घटेको छ।”
महिलाले आफ्नो टिकट चिठ्ठा कुरियर सेवा अर्थात छिटो वितरण सेवा मार्फत किनेकी थिइन्। यस्ता सेवाहरूले मोबाइल एप वा अन्य अनलाइन इन्टरफेस ( घुम्ति अनुप्रयेग ) प्रयोग गरेर ग्राहकलाई भर्चुअल ( परोक्ष)रूपमा टिकट किन्ने सुविधा प्रदान गर्छन्। यसरी अनुप्रयोग या परोक्ष टिकट खरिद गर्दा ग्राहकलाई भौतिक रूपमा पसलमा जानु पर्दैन।
अदालत कागजात अनुसार ती महिलालाई केवल ‘जेन डो’ नामले मात्र चिनिन्छ तर उनको वास्तविक नाम गोप्य राखिएको छ।
उनले फेब्रुअरी १७ मा ज्याकपक्ट नामक अनुप्रयोग(एप)मार्फत ‘लोटो टेक्सस ’ लटरी खेलको टिकट किनिन्, र सोही दिन राति १०:१२ बजे घोषणा गरिएका विजयी सवै अॅकहरुसॅग उनका अंकहरू मेल खाए, अदालत कागजातमा उल्लेख गरिएको छ।
उनीले टिकट जितेपछि एक हप्ताभित्र तत्कालीन टेक्सस चिठ्ठा आयोगका कार्यकारी निर्देशक रयान माइन्डलले टेक्ससको कानूनअनुसार उनीले प्रयोग गरेको जस्तै द्रुत सेवाहरूलाई निषेध गर्ने घोषणा गरे।
चिठ्ठी आयोगका प्रवक्ताका अनुसार उक्त निषेध आदेश १९ मे बाट लागू भएको छ। माइन्डलले गत अप्रिलमा आफ्नो पदबाट राजीनामा दिइसकेका थिए। अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ।
प्रतिक्रिया