जर्मनीको ह्यामबर्गमा छुरा आक्रमण, १२ घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर

इनेप्लिज २०८२ जेठ १० गते २०:३० मा प्रकाशित

जर्मनीको दोस्रो ठूलो शहर ह्यामबर्गको केन्द्रीय रेलगाडी प्रतिक्षालय (स्टेशन)मा शुक्रबार एक महिलाले छुरा प्रहार गरी १२ जनालाई घाइते बनाएकी छन्। 

जसमध्ये ६ जनाको अवस्था जीवनघातक रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार आक्रमणकर्ताले यात्रु विश्रामालयमा लक्षित गरेकी थिइन्। घटनापछि ती महिलालाई पक्राउ गरिएको छ।

जर्मन समाचार निकाय डिपिएका अनुसार ह्यामबर्ग दमकल सेवाले पुष्टि गरेअनुसार ६ जना गम्भीर रूपमा घाइते छन् ।

यसै गरि ३ जनालाई गहिरो चोटपटक लागेको छ भने अन्य ३ जनालाई सामान्य चोटपटक लागेको छ।

प्रतिक्रिया