एक महिनादेखि हिरासतमा रहेका प्यालेस्टिनी-अमेरिकी कार्यकर्ता महमूद खलीलले बिहीबार आफ्नो एक महिनाको छोरालाई पहिलोपटक अँगालोमा लिन पाएका छन्।
एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको अवरोध हटाउँदै बाबु-छोराबीच यो वातावरण मिलेको हो ।
कोलम्बिया विश्वविद्यालयका स्नातक र कानुनी स्थायी बासिन्दा खलील मार्च ८ देखि लुजियानाको कारागारमा बन्दी अवस्थामा छन्। उनको आप्रवासन सुनुवाइको केही दिनअघि भएको यो भेटले मानवअधिकारकर्मीहरूलाई भावुक बनाएको छ।
गाजा युद्धविरुद्धका प्रदर्शनहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कठोर कदम अन्तर्गत खलील पक्राउ पर्ने पहिलो व्यक्ति हुन्। अन्य धेरै रिहा भइसके पनि खलील अझै हिरासतमा छन्।
यू.एस. इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइसिइ)ले उनलाई अप्रिल २१ मा आफ्ना छोराको जन्ममा उपस्थित हुन अस्वीकार गरेको थियो।
न्यायाधीशको आदेशपछि बल्ल उनलाई छोरा भेट्न उनले पाए।
खलीलको मुद्दा अहिले संघीय अदालत र आप्रवासन प्रक्रियामार्फत अघि बढिरहेको छ।
प्रतिक्रिया