वासिङ्टन डीसी – बिहीबार, अमेरिकी सर्वोच्च अदालतले ४–४ मत विभाजनमा ओक्लाहोमा राज्यको सेन्ट इजिडोर अफ सिभिल क्याथोलिक भर्चुअल स्कूल( परोक्ष विधालय)मा सार्वजनिक अनुदान दिन नहुने निर्णय दियो।
यसअघि ओकल्होमा राज्यको सर्वोच्च अदालतले यस विद्यालयलाई अनुदान दिनु संवैधानिक रूपमा प्रथम संशोधनको उल्लङ्घन हुने ठहर गरेको थियो।
न्यायाधिश एमी कोनी बारेटले यस मुद्दाबाट अलग रहिँदै गर्दा, अदालतले केवल एक वाक्यमा आफ्नो फैसलालाई पुष्टि गर्यो: निर्णय बराबरी मतले कायम राखियो।”
यो विभाजित निर्णयले धार्मिक र सरकारी निकायबीचको संवैधानिक विभाजन र पहिलो संशोधनद्वारा सुनिश्चित धार्मिक स्वतन्त्रताबारे पुनः बहसलाई थप उचाइमा पु¥¥याएको छ।
ओक्लाहोमा सरकारले धार्मिक परोपकारी विद्यालयलाई राज्यको कोषबाट अनुदान दिनु धार्मिक स्वतन्त्रताको हकलाई व्यभिचार गर्ने कार्य हो भनि दावी गरेको थियो ।
सर्वोच्च अदालतको यो निर्णयले सो दाबीलाई समर्थन गरेको देखिन्छ।
प्रतिक्रिया