मेरिल्यान्डका गभर्नर मुरद्वारा डा. बिशाल भण्डारी पुन: नियुक्त — दक्षिण एशियाली अमेरिकी आयोगमा दोस्रो कार्यकाल सुरु

इनेप्लिज २०८२ जेठ ८ गते १:३१ मा प्रकाशित

*मेरिल्यान्ड, अमेरिका ।नेपाल चितवन घर भै हाल मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बस्दै आएका नेपाली मूलका अमेरिकी नागरिक डा. बिशाल भण्डारीलाई मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले पुनः चार वर्षका लागि “गभर्नरको दक्षिण एशियाली अमेरिकी मामिला आयोग” आयुक्तमा नियुक्त गरेका छन्। यो पुनःनियुक्ति सन् २०२५ जनवरी १ बाट लागू हुनेछ।

गभर्नर मुरले पठाएको पत्रमा उल्लेख छ, “राज्यमा समावेशीता र समानताको प्रवर्द्धनका लागि तपाईको समर्पण सराहनीय छ। तपाईको सेवा मेरिल्यान्ड राज्यका सबै नागरिकको हितमा हुनेछ भन्ने विश्वासका साथ हामी तपाईंको पुनःनियुक्तिमा गर्व गर्दछौं।”

नियुक्तिपछि डा. भण्डारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखे, “यो सम्मान पाउँदा म अत्यन्त आभारी छु। प्रतिनिधित्वको महत्त्व बुझ्ने मेरो दृढ विश्वासका साथ,मैले यो अवसरलाई जिम्मेवारीका साथ लिने छु। म गभर्नर मुर र मिलर प्रशासनप्रति आभार प्रकट गर्न चाहन्छु।”

उनी राज्यको विविध समुदाय, विशेषगरी दक्षिण एशियाली अमेरिकीहरूका मुद्दा र अधिकारका पक्षमा सशक्त आवाजका रूपमा चिनिन्छन्। गभर्नरको कार्यालय र अन्य आयुक्तहरूप्रति उनले सहकार्यको भावना व्यक्त गरे।

यो पुनःनियुक्ति नेपाली डायस्पोराको बढ्दो प्रभाव र नेतृत्व क्षमताको स्पष्ट प्रमाण हो। डा. भण्डारीले समावेशी विकास, समान अवसर, र सामाजिक न्यायप्रति आफ्नो अडान यथावत् रहने प्रतिवद्धता जनाएका छन्।

उनि यो सगै हाल स्वास्थ उपसमितिको सभापति पनि हुन् ।

प्रतिक्रिया