राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाए । नेपाल विद्युत प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा– १२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो। थप भिडियोमा हेर्नुहोस
प्रतिक्रिया