अमेरिकाको मेरिल्यान्ड राज्यको बेल्ट्सभिलमा एक १६ वर्षीय किशोरले बन्दुकसँग खेल्ने क्रममा आफ्ना साथीलाई गोली हानी हत्या गरेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार, किमारी कामारा नामक १८ वर्षीय युवकले डेरिक पाल्मरलाई उनका घरमा शनिबार दिउँसो गोली हानेका थिए।
प्रिन्स जर्ज काउन्टी प्रहरीका अनुसार कामाराले पाल्मरको टाउकोमा गोली हानेका थिए। पाल्मरलाई अस्पताल लगिएता पनि उनको अस्पतालमा मृत्यु भयो।
प्रहरीका अनुसार तीन किशोरहरु पाल्मरको शयन कक्षमा थिए । कामाराले उनलाई ताक्दा उनि तर्फ गोली चल्यो । कामाराले प्रहरीसँग बन्दुकमा गोली भएको उनलाई थाहा नभएको बताए ।
प्रहरीको अनुसन्धानमा तीन वटा बन्दुक भेटिएको थियो। किमारीलाई हतियार सम्बन्धी आरोपमा कारागारमा राखिएको छ।
डेरिक पाल्मर जो जोन एफ. केनेडी माध्यमिक बिद्यालय व्हिटनमा अमेरिकी भकुण्डो (फुटबल )खेल्थे । उनका बुबा क्वेन्टिन पाल्मरले न्यूज४सँगको अन्तर्वार्तामा भने, “उहाँ गतिशील र उज्जवल किशोर थिए । उनि अमेरिकी भकुण्डो (फुटबल )खेल्न मन पराउने र कलेजमा फुटबल खेल्ने सपना देख्थे ।
क्वेन्टिन पाल्मरले घटनाको आधा घण्टा अघि घर छोडेको बताए । उनका छोरा बन्दुक भएका व्यक्तिहरूसँग सम्बन्ध थियो भन्ने आफूलाई थाहा नभएको बताए । उनी अन्य अभिभावकलाई चेतावनी दिँदै भने आफ्ना सन्तानहरु कहाँ जान्छन र के गर्छन भन्ने सधैं थाहा राख्नुहोस् । डेरिक पाल्मरले एक दिन मायामी विश्वविद्यालयको फुटबल टोलीका लागि खेल्ने आशा राख्थे, क्वेन्टिन पाल्मरले भने।
प्रतिक्रिया