विश्वप्रसिद्ध मानवतावादी नेत्र चिकित्सक डा. सन्दुक रूईत भर्जिनिया आउनुहुंदैछ!

इनेप्लिज २०८२ वैशाख ३० गते २२:१६ मा प्रकाशित

सुवर्ण अवसर!

के तपाई पत्याउनु हुन्छ!? अमेरिकन १०० डलर मा सर्वत्र बिक्रि हुने आखाको लेन्स तिलगंगा अस्पतालले ४ डलरमा उत्पादन गरेर बिश्वलाई चकित पारेको छ! नेपाललाई आँखा उपचार क्षेत्रमा विश्वस्तरमा चिनाउने डा. सन्दुक रूईत मे १७ मा भर्जिनिया आउनुहुनेछ।

उहाँसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, र हेटौंडामा निर्माणाधीन Tilganga IOL Expansion Project को जानकारी लिन सकिने यो एउटा महत्वपूर्ण अवसर हो। मानवतावादी सोच बाट सिर्जित यो कार्यक्रम तपाई- हामी सबैको साझा कार्यक्रम हो, सफल बनाउ, आत्म गौरवको अनुभूत गरौ!

यथासम्भव हाजिर भएर यो महत्वपूर्ण अवसर नछुटाउन दानी-दाताहरू, स्वास्थ्यकर्मीहरू, समाजसेवीहरू, र आम सर्वसाधारण सबैलाई हार्दिक निमन्त्रणा छ।

यो परियोजना दृष्टिविहीनता अन्त्य गर्न र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नवप्रवर्तनको केन्द्र बनाउने महान उद्देश्यमा केन्द्रित छ।

मिति: May 17th , 2025
समय: 2pm – 5 pm
स्थान: 3901 Rugby Rd, Fairfax,
कार्यक्रम: अन्तरक्रिया, प्रेरणादायी सम्बोधन, र सहभागिता अवसर

प्रतिक्रिया